काठमाडौं । पछिल्लो समय महिला तथा बालबालिकामाथि अ'नैतिक कार्यहरु लगातार बढ्दैछन् । यो बीचमा भारत गुजरातको बनसकन्थबाट आएको एक खबरले सबैको होस उडाएको छ ।

यहाँ डीसाको शहरमा एउटा डरलाग्दो घटना भएको छ । एक १२ वर्षीया बालिका जो शाररीक रुपमा अशक्त थिइन् । उनको लाश जंगलको झाडीमा फेला पारिएको छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा पहिले अति निन्दनीय अ'नैतिक कार्य गरेर पछि लाश बनाइएको जनाएको छ । यस घटनालाई अनुसन्धान गर्ने क्रममा प्रहरीले एकजनालाई नियन्त्रणमा पनि लिएको छ ।

आरोपित २५ वर्षीय युवक ति बालिकाका आफन्त पर्छन । जानकारी अनुसार पक्राउ पर्ने व्यक्ति नाताले ति बालिकाका दाई पर्छन । घटनाको बारेमा जानकारी दिदै दन्तीवाडा प्रहरीले टाउको नभएको लाश शनिबार फेला पारेको जनाएको छ ।

 

बालिका बनसकन्थको डिसाबाट शुक्रबार हराएकी थिइन् । अनुसन्धानमा यो कुरा पनि बाहिर आएको छ कि त्यस दिन ती युवकले बालिकालाई आफूसँगै बाइकमा लगेर जंगलतर्फ गएका थिए । प्रहरीका अनुसार ति व्यक्तिले बालिकालाई पहिले अ'नैतिक काम गरे त्यसपछि उनको जीवन लिएको हुनुपर्छ ।

प्रहरी नायब उपरीक्षक कुशल ओझाले भने, ‘हामीले लाशलाई दन्तीवाडाको मोती भाखर गाउँ नजिकै सुनसान ठाउँमा भेट्टायौं । १२ वर्षीया बालिकासँग अ'नैतिक कार्यपछि ज्यान लिएको आशंका छ ।

आरोपित युवक ती बालिकाका नाताले दाई हुन् भनेर पहिचान गरिएको छ ।’ प्रहरीले लाशलाई परीक्षणको लागि पठाइएको जानकारी दिएको छ । प्रतिवेदन पर्खाइमा नै रहेको छ । त्यस पछि थप कानुनी कारवाही गरिने प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबरहरु