काठमाडौ । शीर्षक पढ्दा नै तपाइलाई अचम्म लागेको हुनसक्छ । तर यो नेपालकै सत्य घटना हो । बाख्रीकोमा खसीको राज्खानिलाई सुपरग्लुले टाँसेर खसीको मासु हो भन्दै मासुको ब्यापार गरेको भेटिएको हो ।

अहिले बाख्रिको मासुमा सुपरग्लुले खसीको राज्खानी टाँसेर खसीको मासु हो भन्दै ब्यापार गर्नेको पोल खुलेको छ । बजार अनुगमनको क्रममा परासी बजारमा फेला परेपछि रहस्य सार्वजनिक भएको हो ।

परासीको साप्ताहिक बुधबारे हाटबजार अनुगमन गर्ने क्रममा समितिले मासुमा भैरहेको यस्तो पनि गलत कार्य भेट्यो जुन सुनेर धेरै व्यक्तिलाई अचम्मित बनायो । अनुगमन समितिले एक खसी मासु पसलमा पुगेर मासु हेर्न थालेपछि बाख्रीको मासुमा सुपरग्लुले केहि भाग खसीको राज्खानी टाँसेर खसीको रेटमा बाख्रीको मासु बेचिरहेको ब्यापारीले समितिलाई देखेर भागेपछि मात्र सो रहस्य बाहिर आएको अनुगमन समितिले जनाएको हो ।

हाटबजारमा ६ सय ५० देखि ७ सय रूपैयाँ प्रति किलो खसी मासुको रेटमा मासु व्यवसायीहरू सोझासाझा उपभोक्ताहरूलाई झुक्याउँदै, ठग्दै धामाधम बाख्रीको मासु बेचिरहेको पाइएको समितिका सदस्य एवं घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नन्दलाल पौडेलले जानकारी दिए ।

उनका अनुसार मासु हेर्दा ७५ प्रतिशत भाग बाख्री र सोझै देखिने गरि २५ प्रतिशत मात्र खशीको मासु सुपरग्लुले टाँसेर बेचिरहेको थियो । त्यसैमा प्रयोग गर्ने तराजु पनि १ सय ग्राम देखि ३ सय ५० ग्राम कम तौल रहेको पाइएको छ ।

मासु व्यवसायीहरू एकातिर खशीको मासुको रेटमा झुक्काएर बाख्रीको मासु बेच्ने अर्कातर्फ सुपर ग्लु जस्तो पदार्थको प्रयोगले त्यो मासु खान कतिको उचित र अनुचित हुन्छ त्यो तपाई उपभोक्ताले नै विचार गर्नुपर्ने कुरा हो ।

सम्बन्धित खबरहरु