काठमाडौ । नेपाली कांग्रेसले नेपालको संविधान, कानूनी व्यवस्था र चुनावमा जनतासामु गरिएको प्रतिबद्धतानुसार कोभिड–१९ संक्रमणको परीक्षण र उपचारको दायित्वबाट वर्तमान सरकार पन्छिन नमिल्ने जनाएको छ ।

 

 

कांग्रेस केन्द्रीय संगठन विभागले आज विज्ञप्तिमार्फत नेपालको संविधानले स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकका रुपमा व्यवस्था गरेको, जनस्वास्थ्य ऐनले सरुवा रोगको निःशुल्क उपचार गर्ने व्यवस्था गरेको तथा सर्वोच्च अदालतले आधारभूत स्वास्थ्य नागरिकको मौलिक हक भनेको कुरा स्मरण गराएको छ ।

 

 

सरकारले कोरोनाका बिरामीको उपचार खर्च सरकारले नव्यहोरी जनता आफँैले व्यहोर्नुपर्ने भनी गरेको निर्णयप्रति विभागले आपत्ति प्रकट गरेको छ । तत्कालीन बाम गठबन्धन ९नेकपा एमाले र माओवादी केन्द्र० को चुनावी घोषणापत्रमा पनि सबै नागरिकलाई सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने लेखिएको स्मरण गराउँदै विभाग प्रमुख गोपालमान श्रेष्ठले जनभावनानुसार तुरुन्त उक्त निर्णय सच्याउन सरकारसँग माग गर्नुभएको छ ।

 

 

उहाँले आवश्यक मात्रामा क्वारेन्टिन, आइसोलेशन, आइसियु, भेन्टिलेटर, रेमडिसिभर औषधिलगायत व्यवस्था गरी कोरोना संक्रमणबाट जनताको जीवन रक्षा गर्नु सरकारको दायित्व भएको उल्लेख गर्नुभएको छ ।

 

 

 

सम्बन्धित खबरहरु