काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुसार पढाउन निर्देशन दिएको छ । कतिपय विद्यालयले पुरानै पाठ्यक्रम अनुसार पढाएको गुनासो आएपछि मन्त्रालयले निर्देशन जारी गर्नु परेको मन्त्रालयका उपसचिव विदुरराज गिरीले जानकारी दिए ।

 

 

‘‘कक्षा ११ सञ्चालन भएका सबै विद्यालयहरूले कक्षाको स्वीकृत नयाँ पाठ्यक्रम अनुसार मात्र पठनपाठन गर्न, गराउन तथा सोही अनुसार विद्यार्थीको मुल्यांकन गर्ने व्यवस्था गर्नसमेत सम्बन्धित सबै विद्यालयहरूलाई जानकारी गराइन्छ’, मन्त्रालयले भनेको छ ।

 

 

 

अभिभावक तथा विद्यार्थीलाई पनि नयाँ पाठ्यक्रम पढाइ हुने निश्चित भएपछि मात्रै भर्ना गर्न र गराउन मन्त्रालयले आग्रह गरेको छ । पाठ्यक्रम लागु भए–नभएको अनुगमन गर्न भने सम्बन्धित स्थानीय तहलाई जिम्मेवारी दिइएको छ ।

 

 

पाठ्यक्रम तलको लिंकमा राखिएको छ । क्लिक गरेर डाउनलोड गर्न सक्नुहुनेछ । विद्यार्थी, शिक्षक, अभिभावक र क्याम्पस प्रशासनहरुको जानकारीका लागि सक्दो सेयर गरिदिनुहोला ।

Download New Curriculum of Class 11 and 12 All Subjects – .pdf Format:

सम्बन्धित खबरहरु