काठमाडौ । यूईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समुह चरणको पहिलो खेलमा बार्सिलोनाले शान्दार जित निकालेको छ । गएराति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले हंगेरियन क्लब फेरेन्कभारोसलाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।

 

 

बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी, अन्सु फाती, फिलिपे कौटिन्हो, पेड्री र ओसमाने डेम्बेलेले गोल गरे । फेरेन्कभारोसका इहोर खराटिनले पेनाल्टी मार्फत एक गोल फर्काए ।

 

खेलको २७ औं मिनेटमा कप्तान मेस्सीले पेनाल्टी मार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । खेलको ४२ औं मिनेटमा अन्सु फातीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा बार्सिलोनाले अग्रता फराकिलो बनायो ।

 

५२औं मिनेटमा कौउटिन्होले गोल गरे । खेलको ६८ ऐन मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटियो । डिफेन्डर जेरार्ड पिकेले पेनाल्टी क्षेत्र भित्र ग्वेलाई लडाएपछि रातो कार्ड सामना गरे ।

 

उक्त अवसरलाई फेरेन्कभारोसका इहोर खराटिनले गोलमा परिणत गरे । खेलको ८२औं मिनेटमा बार्सिलोनाका ओस्माने डेम्बेलेको पासमा पेड्रीले गोल गर्दै खेल ४–१ को अवस्थामा पुर्याए ।

 

यस्तै ८९औं मिनेटमा कप्तान मेस्सीको पासमा ओस्माने डेम्बेले गोल गरेसँगै बार्सिलोनाले खेलमा सहज जित हात पार्यो । जितसँगै समुह ‘जि’ को बार्सिलोनाले आफ्नो समुहमा शीर्ष स्थान कायम गरेको छ ।

 

 

 

सम्बन्धित खबरहरु