काठमाडौ । पूर्व प्रधानमन्त्री एवं नेता डाक्टर बाबुराम भट्टराईले सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ठा नाघेको टिप्पणी गरेका छन् । उनले कोरोना पीडितलाई निःशुल्क उपचारको दायित्वबाट भाग्नु सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ठा भएको टिप्पणी गरेका हुन् ।

 

 

साथै उनले सरकारको यो चरित्रका कारण महामारी झन् विकराल बन्नेछ भनेका छन् । उनले सामाजिक सञ्जालमा थप लेखे नताको ज्यान जोगाउन अरू सबै खर्च रोके हुन्छ । भ्रष्टाचार, फजुलखर्च रोके पुग्छ ।अस्पतालमा धनीले दिनचाहे दानपात्र राखौं । तर सबैलाई निःशुल्क गरौं ।

 

 

यस्तो छ उनको ट्वीट

कोरोनापीडितलाई निशुल्क उपचारको दायित्वबाट भाग्नु सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो।यसले महामारी झन् विकराल बन्नेछ!यो पैसाको अभावले हैन;जनताको ज्यान जोगाउन अरू सबै खर्च रोकेहुन्छ;भ्रष्टाचार/फजुलखर्च रोके पुग्छ।अस्पतालमा धनीले दिनचाहे दानपात्र राखौं;तर सबैलाई निशुल्क गरौं!

 

https://twitter.com/brb1954/status/1318747623000395776

सम्बन्धित खबरहरु