काठमाडौ । हाल देशभरको मौसममा कुनै पनि प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणाली छैन। तर हाल देशका पहाडी भू–भागमा आंशिक वदली रहनेछ । बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको मौसममा आंशिक देखि सामान्य बदली हुनेछ । प्रदेश न २ र कर्णाली प्रदेशमा आंशिक बदली हुनेछ ।

 

त्यस्तै अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र वागमती प्रदेशका एक, दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

आज राती देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली हुनेछ । लुम्विनी प्रदेशमा आंशिक बदली हुनेछ । त्यस्तै अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका एक, दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) (जारी मितिः २०७७-०७-०५ विहान ०६:०० बजे)

मौसम विश्लेषण (Meteorological Analysis): उल्लेखनीय मौसमी प्रणाली छैन।

हालको मौसमको अवस्था (Present Weather Status): हाल देशका पहाडी भूभागमा आंशिक वदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

कार्तिक ०५ गते (बुधबार): दिउँसो : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न २ र कर्णाली प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र वागमती प्रदेशका एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा लुम्विनी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदुर पश्चिम प्रदेशको पहाडी भूभागका एक दुइ स्थानमा हल्का बर्षाको सम्भावाना छ ।

कार्तिक ०६ गते (बिहिबार): दिउँसो : प्रदेश नं १, गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा वागमती र लुम्बिनि प्रदेशमा आंशिक बदली रहनेछ। सुदुर पश्चिम प्रदेशको पहाडी भूभागका एक दुइ स्थानमा हल्का बर्षाको सम्भावाना छ ।

राती : प्रदेश न १, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न २ , वागमती र गण्डकी प्रदेशमा आंशिक वदी रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश न १, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

कार्तिक ०७ गते (शुक्रवार): दिउँसो : देशभर पहाडी भुभागहरुमा आंशिक बदली रहनेछ भने वाकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न १ का एक दुइ स्थानमा हल्का बर्षाको सम्भावाना छ ।

राती : प्रदेश न १ र वागमती प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न २ मा आंशिक वदी रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश न १ का एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours): छैन ।

सम्बन्धित खबरहरु