काठमाडौ । अरु समय दशैँमापनि बैकहरु खुला हुन्थे । तर यस पटकको दशैंमा बैंकहरुले सम्पूर्ण शाखा कार्यालय बन्द गर्ने भएका छन्।

यस अघिका वर्ष बैंकले दशैको विदाको दिन पनि केही घण्टा आफ्ना काउन्टर खोलेर सेवा दिने गरेका थिए। नेपाल बैंकर्स संघले सूचना जारी गर्दै कात्तिक ७ गतेदेखि ११ गतेसम्म सबै बैंकका शाखाहरु बन्द हुने बताएको छ । दसैं बिदामा ५ दिन सबै बैंकका शाखा बन्द रहने जनाएको छ ।

बैंकका शाखा बन्द भए पनि डिजिटल बैंकिङ सेवा र एटीएम सेवा भने सुचारु रहने संघले जनाएको छ । संघको यो सुचनाले सर्वसाधारणलाई भने समस्या पर्ने भएको छ। आफ्नो पैसा झिक्क नपाउने भएपछि सर्वसाधारण समस्यामा पर्ने भएका हुन्। बैंकका सबै सेवाग्राहीले डिजिटल बैंकिङ सेवाको ज्ञान राख्दैनन्।

सम्बन्धित खबरहरु