काठमाडौं । भारत, महाराष्ट्रको नन्दुरबारमा यात्रुहरूले भरिएको बस दुर्घटनाग्रस्त भएको छ । यो बस अगाधस्थित भीरबाट ठूलो खाडलमा खसेको हो । जानकारी अनुसार यस दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

 

 

घटनाको बारेमा जानकारी पाएपछि प्रहरी तत्काल घटनास्थलमा पुगेको थियो । दुर्घटनाको बारेमा जानकारी दिँदै नन्दुरबारका प्रहरी उपरीक्षक महेन्द्र पण्डितले भने कि दुर्घटना नन्दुरबारको खामचन्दर गाउँमा भएको थियो ।

 

 

घाइतेहरुको संख्या ३५ जना जति रहेको जनाइएको छ । हाल राहत र उद्धार कार्य भइरहेको छ ।

सम्बन्धित खबरहरु