काठमाडौं । आज बिहान अचानक भएको जोडदार विस्पोटमा एक जनाले ज्यान गुमाएका छन् । पाकिस्तानको मुख्य शहर कराचीमा बुधवार बिहान एक जोडदार धमाका भएको हो ।

त्यहाँको गुलशन इकबालको भवनको केही भाग ध्वस्त भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । घटनामा तीन जनाको मृत्यु भएको छ भने कम्तिमा १६ जना घाइते भएको जियो न्यूजले जनाएको छ । प्रहरी र रेन्जर्सका जवानहरू घटनास्थल पुगेर उद्धार तथा राहत कार्यमा लागेका छन् ।

यो सब कसरी भयो भनेर अनुसन्धान भइरहेको जानकारी दिइएको छ । घाइते सबैलाई अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्य ७ जनाको अवस्था गम्भीर रहेको जानकारी दिइएको छ ।

विस्पोटको प्रकृति अहिलेसम्म पत्ता लागेको छैन तर त्यसको प्रभाव यति गम्भीर थियो कि नजिकैको भवनका झ्यालहरूसम्म फुटेका छन् । जियो न्युजका अनुसार भवनको दुई तल्ला ध्वस्त भएको छ । मृतक र घाइतेहरुको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ । यस घटनामा आधा किलोमिटरसम्मका घरहरुका झ्याल चर्किएको जनाइएको छ ।

सम्बन्धित खबरहरु