काठमाडौं । आइसल्याण्डमा ५.६ रेक्टर स्केल परिमाणको शक्तिशाली भूकम्प गएको छ । आईसल्याण्डको दक्षिणपश्चिमी भागमा मंगलबार भूकम्पको धक्का महसुस गरिएको हो ।

 

भूकम्पले राजधानी रिक्जाविकको भवनहरू हल्लाएको समाचार अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । जनधनको क्षतिबारे कुनै जानकारी आएको छैन ।

 

 

आइसल्याण्डको मौसम विभागले भन्यो कि भूकम्प अन्तर्राष्ट्रिय समयनुसार दिउँसो १ः४३ बजे आएको थियो । भूकम्पको केन्द्र राजधानी रिक्जाविकको दक्षिणमा रहेको थियो ।

 

 

प्रधानमन्त्री क्याट्रिन जेकब्सडोटर अमेरिकी अखबार ‘वाशिङटन पोस्ट’ ले आयोजना गरेको जूम बैठकमा एउटा कार्यक्रमलाई सम्बोधन गर्दै थिइन् तब उनले बीचमा अचानक रोकिनुपर्यो । उनले भनिन्, ‘हे भगवान, भूकम्प आयो ।’ मौसम विभागले पश्चिमी आइसल्याण्डमा बस्ने मानिसहरूलाई थप भूकम्पको चेतावनी दिएको छ । एपी

 

 

 

सम्बन्धित खबरहरु