काठमाडौ । कहिलेकाँही हामीलाई इन्टरनेट सेवा प्रदायकले ठ्याक्कै कति स्पीडको इन्टरनेट दिएको हो भनेर सत्य नभनेको हुन सक्छ । सुरुमा भनेकै इन्टरनेट स्पीड दिएता पनि पछि गएर सेवा प्रदायकले कम गरिदिएको हुन सक्दछ ।

यसलाई हामीले नै केही जाँच गरेर थाहापाउन सक्छौँ । तर जाँच गर्नुभन्दा पहिले प्रयोगकर्ताहरुले कुनै पनि डाउनलोड वा अपलोड गरिरहेको हुनु हुदैन् ।

त्यसैगरी जाँच गर्दा भीपीएन पनि बन्द गर्नुपर्छ । इन्टरनेट स्पीड थहापाउने केही तरिकाको बारेमा आज हामी तपाईलाई जानकारी दिदैं छौं ।

ओकला स्पीड टेस्ट

ओकला स्पीडटेस्टले सर्भर र डिभाइसको बिचमा डेटा ट्रान्सफर हुन कति समय लाग्छ भनेर थाहापाउन मद्दत पुर्‍याउँछ ।

यसलाई प्रयोग गर्दा हरेक पटक वेबसाइटबाट कति स्पीडको नेट आइरहेको छ भन्ने कुराको जानकारी लिन सकिन्छ । यसको विन्डोज, म्याक, गूगल क्रोम आदिका लागी नेटिभ एप समेत रहेको छ ।

यसमा गएर गो बटन मात्रै थिच्नुपर्दछ । एक पटक मात्रै भन्दा पनि पटकपटक जाँच गर्नुपर्दछ । त्यसपछि अन्त्यमा रिजल्ट लिङ्कमा थिच्न सकिन्छ । ग्लोबल इन्डेक्समा गएर भने विश्वव्यापी रुपमा इन्टरनेटको स्पीडहरु हेर्न सकिन्छ ।

अन्य केही स्पीड टेष्ट गर्ने तरिका

फास्ट डटकम साइटमा गएर पनि आफै नै स्पीड जाँच्न सकिन्छ । फास्ट डटकम वेबसाइटमा प्रवेश गरेपछि आफै इन्टरनेटको स्पीड टेष्ट हुन थाल्छ ।

यो एन्ड्रोइड र आइओएसमा एपको रुपमा पनि उपलब्ध रहेको छ । त्यस्तै स्पीडअफ डटमी वेबसाइटबाट पनि स्पीड जाँच्न सकिन्छ । यसको उत्तर अमेरिका, यूरोप, एशिया लगायतमा ११६ ओटा सर्भर रहेका छन् ।

यस्तो वेबसाइटहरुको प्रयोग गरेर इन्टरनेटको स्पीड जाँच गर्न सकिन्छ । त्यसैगरी पीसी म्याग स्पीड टेष्टको वेबसाइट प्रयोग गरेर पनि आफ्नो इन्टरनेटको स्पीड जाँच्न सकिन्छ ।

सम्बन्धित खबरहरु