काठमाडौं । नेपालको भारतसँगको सीमा विवाद चरम बिन्दुमा पुगेको छ । यो बीचमा भारतीय गुप्तचर विभाग ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल काठमाडौं आएको खुलेको छ । उनी बुधबार दिउसो चार्टर्ड विमानमा काठमाडौं आइपुगेका हुन् ।

 

उनी ८ घन्टा काठमाडौंमा रही बेलुकी ९ बजे फर्कने स्रोतले जानकारी दिएको छ । राष्ट्रिय अनुसन्धान विभागका एक उच्च अधिकारीले रअका प्रमुख काठमाडौं आएको बताएका हुन् । उनका अनुसार यो औपचारिक भ्रमण होइन, व्यक्तिगत वा धार्मिक भ्रमणमा आएको हुनसक्ने उनले जानकारी दिएका छन् ।

 

 

भारतका सेनाध्यक्ष एमएम नरावणे नेपाल भ्रमणमा आउनुअघि अर्को सुरक्षा संस्थाका प्रमुख गोयलको नेपाल भ्रमणको मुख्य एजेन्डा के छ भन्ने सार्वजनिक गरिएको छैन । गोयलको भ्रमण सम्बन्धमा नेपाली सेनालाई कुनै जानकारी नभएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताउनुभयो ।

 

गोयलको भ्रमण कार्यक्रमबारे परराष्ट्र मन्त्रालयलाई पनि जानकारी नभएको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताउनुभयो । भारतीय दूतावासका एक उच्च अधिकारीले भने रअ प्रमुख काठमाडौं नआएको बताएका छन् । दुतावासले कोही अरु नै आएको हुनसक्छ, रअ प्रमुख आउनु भएको होइन भन्दै जवाफ फर्काएका छन् । जब जब सत्ता परिवर्तनका रंग सत्तारुढ दलमा नै देखिन थालेपछि भारतिय ‘रअ’ को चलखेल नेपालमा सुरु हुन्छ । यो अवस्थामा उनी नेपाल आउँनुको कारणपनि यस्तै केही हुनसक्ने आँकलन गरिएको छ ।

 

 

सम्बन्धित खबरहरु