काठमाडौं । भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखले प्रधानमन्त्रीसँग भेट गरेको खुल्न आएको छ । ‘रअ’का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग २ घण्टा भेटवार्ता गरेका हुन् ।

 

बुधबार दिउँसो विशेष विमानमा काठमाडौं आएका प्रमुख गोयलले बुधबार राति नै प्रधानमन्त्री ओलीसँग दुई घण्टा भेटवार्ता गरेको जनाइएको छ । भेटवार्तामा के–के कुराकानी भयो भन्नेबारे भने खुलाइएको छैन ।

 

नेपाल भारत सीमा विवादमा भारतले नेपालसँग कुटनीतिक र राजनीतिक वार्ता गर्न आनाकानी गरिरहेका बेला गोयल अचानक नेपाल आएर प्रधानमन्त्री ओली लगायत उच्च पदस्थ व्यक्तिहरुसँग भेटवार्ता गर्नुलाई विशेष अर्थमा लिइएको छ । गोयलको गोप्य नेपाल भ्रमण र उनको भेटवार्तालाई लिएर कूटनीतिक र राजनीतिक वृत्तमा बहस सुरु भएको छ ।

 

भारतको गुप्तचर संस्था रिसर्च एन्ड एनलाइसिस विङ ‘रअ’का प्रमुख गोयल र अर्का अधिकारी अरुण जैनसहित ७ जनाको टोली बुधबार काठमाडौं आएको थियो । उनीहरु बिहीबार (आज) बिहान भारतीय एयरफोर्सको आइफ बी ६०४५ कलसाइनको चार्टर विमानबाट फर्केका छन् ।

 

 

 

सम्बन्धित खबरहरु