काठमाडौं । एक चिनियाँ महिला ह्वांग गुओसियनको विशेष खालको शल्यक्रिया सफल भएको छ । उनी गम्भीर पा’ठेघ’रको क्यान्सरबाट ग्रसित थिइन् । गएको दुई बर्षमा, पेट यति बढेको थियो कि उनको पेटको तौल झण्डै ४० किलोग्राम भएको थियो । उनको पेट यति ठूलो भयो कि उनलाई सुत्न र हिँड्न समेत गाह्रो हुन थाल्यो ।

उनले आफ्ना दुई बच्चाहरूको पनि हेरचाह गर्न असमर्थ भएको बताउँदै आएकी थिइन् । उनका पति उनको छोराछोरी हेरचाह गर्न छोडेर शहरमा बस्दै आएका छन् । उनी घर परिवार चलाउनका लागि शहरमा काम गर्छन । उनीहरु सामान्य किसान परिवारको भएको जनाइएको छ ।

पेटको आकार निरन्तर बढ्दै जान थालेपछि उनलाई झन धेरै समस्या भएको थियो । उनी दुई बच्चाकी आमा हुन् । उनले पछिल्लो दुई बर्ष देखि यसको सामना गर्दै आएकी थिइन् । उनको यही मंगलबार आठ घण्टा लामो सफलतापूर्वक शल्यक्रिया सम्भव भएको हो ।

दुई वर्ष अघि उनले पेट दुख्ने समस्या भोग्नु परेको थियो । पेटमा समस्या भएपछि उनले चिकित्सा सल्लाह लिएको थिइन् । औषधीको कारण पेट दुखाई कम गरिएको थियो तर बढ्ने क्रम रोकिएको थिएन् ।

आर्थिक रुपमा सक्षम नभएपछि उनलाई सामाजिक सञ्जालमार्फत ठुलो सहयोग रकम प्राप्त भएको थियो । डाक्टरहरूले शल्यक्रिया बाहेक अरु उपचार धेरै चोटि गरे पनि कुनै फाइदा भएको थिएन् । शल्यक्रियाका लागि उनी चीनका ठूला डाक्टरबाट उपचार लिने सोचमा थिइन् । तर त्यसका लागि उनीसँग पर्याप्त पैसा थिएन् ।

सहयोगमा लागि उनका बारेमा स्थानीय मिडिया लगायतले सामाजिक सञ्जालमा उनका बारेमा जानकारीहरु साझा गरेका थिए । उनलाई एकाएक ठुलो मात्रामा सहयोग मिल्यो, जसले गर्दा उनको उपचार सफल भएको छ । उनलाई पा’ठेघ’रको क्यान्सर भएको बताइएको छ ।

कलेजो, डि’म्बग्र’न्थि क्यान्सर, ट्यूमरजस्ता रोगहरूसँग संघर्ष गर्नुपरेको थियो । उनको छाती र पेटमा पानी जम्मा भएको कुरा पनि पत्ता लाग्यो । तर पेटको आकार बढ्नुको कारण पत्ता लागेको थिएन् ।

मानिसहरु उनलाई गर्भवती महिलाको रुपमा हेर्ने गर्थे । सुरु सुरुमा उनी घर बाहिर जाने बित्तिकै मान्छेहरु गर्भवती महिला भन्दै चर्चा गर्न थाल्थे । निरन्तर शारीरिक र मानसिक तनावका कारण उनलाई धेरै तनाव भएको थियो ।

चिकित्सकहरूले सुरुमा उच्च जोखिमको कारणले उनको शल्यक्रिया रोक्ने निर्णय पनि गरेका थिए । त्यस समयमा नर्सहरूले भविष्यका प्रक्रियाहरूका लागि तयारीमा बिस्तारै उनको पेटबाट अत्यधिक तरल पदार्थ निकाल्ने बताएका थिए ।

तर यस महिनाको शुरूमा उनको अवस्थाले नराम्रो मोड लियो । त्यसकारण उनको स्वास्थ्यलाई थप बिग्रन नदिन सर्जनहरू अक्टोबर १३ मा शल्यक्रिया गर्ने निर्णय गर्न पुगेका हुन् ।

अंशुन ३०२ अस्पतालको गम्भीर हेरचाह विभागका प्रमुख वाङ्ग जियान्गुले भने, ‘हामीले ह्वांग गुओसियनको अवस्था र शल्यक्रियाको जोखिमहरू राम्ररी मूल्याङ्कण गर्यौं र शल्यक्रियाको लागि पूर्ण योजना बनायौं साथै कुनै पनि सम्भावित प्रक्रियापछिका समस्याहरू पनि निर्माण गर्यौ।’

उनको शल्यक्रिया बिहान ८ बजेदेखि लिएर दिउँसो ४ः३० बजेसम्म चलेको थियो । उनको उपचारमा प्रान्तीय राजधानी गुयाङ्गबाट आएका एक विशेषज्ञ सहित जम्मा १५ जना विशेषज्ञ चिकित्सकहरुको टोली लागिपरेको थियो ।

शल्यक्रियापछि उनको अस्थायी रुपमा रगत बग्ने समस्या भएको थियो तर चिकित्सकहरूले त्यसको लगत्तै शीघ्र उपचार गरेर रगत बग्ने समस्याको समाधान निकाल्न सफल भएका हुन् ।

एनेस्थेसियोलोजिस्ट हुआङ्ग यूकियोन्गले गुइझोउ रेडियोसँग भने, ‘यो शल्यक्रिया तुलनात्मक रूपमा सफल भएको छ । अगाडि बढ्दै जाँदा हामीले हेर्नु पर्छ कि उनमा कसरी पुनः प्राप्तिका लागि असर गर्दछ । उनको स्वास्थ्य गम्भीर रूपमा पहिले यसबाट प्रभावित भएको थियो ।’

समाचारका अनुसार चिकित्सकहरूले शल्यक्रियाको क्रममा उनको पेटबाट १० किलोग्राम बराबरको ट्युमर र फ्ल्युइड फालेका छन् । उनको उपचारमा २६ लाख ८२ हजार भन्दा धेरै बराबरको मेडिकल बिल राज्यले समेटेको छ ।

शल्यक्रियापछि पत्रकारसँग कुरा गर्दै उनले सबैप्रति धेरै कृतज्ञ रहेको बताइन् । उनले आँसु झार्दै भनिन्, ‘मैले सोचेकी थिइनँ कि म जस्तो सामान्य किसान महिलाले समाजबाट यति धेरै ध्यान (महत्व) प्राप्त गर्न सक्छु ।’

उनले आफुले पाएको सहयोगले आफुले थप आशा देख्न थालेको र आमा बन्ने सपना विस्तार गर्न मद्दत गर्नेमा विश्वास गरेकी छिन् । उनले भनिन, ‘स्वस्थ भए पछि म छोरा र छोरीलाई दयालु अपरिचितहरूबाट केही सिक्न भन्नेछु ।

मलाई सहयोग प्रदान गर्ने समाजलाई उक्त ऋण फिर्ता गर्न सक्दो प्रयास गर्नेछु ।’ उनले गत अगस्तदेखि जनताबाट १७ लाख ८३ हजार रुपैंयाँ भन्दा धेरै सहयोग रकम प्राप्त गरेकी छिन् । उनी यो सहयोग सानो व्यवसाय सुरू गर्नमा प्रयोग गर्न चाहान्छिन् ।

पा’ठेघ’रको क्यान्सरअन्तर्गत पा’ठेघ’रको मु’खको क्यान्सर तथा पा’ठेघ’रको भित्रपट्टिको क्यान्सर प्रमुख हो । ह्युम’न प्यापिलोमा भाइरसका कारणले पा’ठेघ’रको मु’खको क्यान्सर भएको पाइन्छ । यसका साथै धेरैजना पुरुषसँग जोडिएमापनि र सानो उमेरमा धेरै सन्तान जन्माउने महिलामा पनि यो क्या’न्सर हुनसक्छ ।

महिलामा हुने सम्पूर्ण क्यान्सरमध्ये छातीको क्यान्सर, फोक्सोको क्यान्सर र तल्लो आन्द्राको क्यान्सरपछि पा’ठेघ’रको क्यान्सर चौथो नम्बरमा पर्छ । जब पा’ठेघ’रमा असामान्य कोषहरू अनियन्त्रित रूपमा वृद्धि हुन्छन्, तब पा’ठेघ’रको क्यान्सर हुन्छ । डि’म्बा’शयको क्यान्सर र पा’ठेघ’रको मु’खको क्यान्सरपछि पा’ठेघ’रको क्यान्सर नै प्रजनन प्रणालीको क्यान्सरबाट हुने मृत्युको तेस्रो कारक तत्त्व हो ।

महिला प्रजनन प्रणाली अत्यन्तै संवेदनशील, परविर्तनशील, हर्मोन तथा रसायनहरूको तीव्र प्रभावयुक्त हुने भएकाले पा’ठेघ’रको क्यान्सरबाहेक व्यक्तिगतगो’प्य अं’गको क्यान्सर, नी’जी अं’गद्वारको क्यान्सर, पा’ठेघ’रको मुखको क्यान्सर र डि’म्बाश’यको क्यान्सर पनि विद्यमान छन् ।

त्यस्तै, छातीको क्यान्सर पनि अत्यन्तै ठूलो मात्रामा पाइने क्यान्सर हो । चेतनाको अभाव, आर्थिक–सामाजिक अवस्था तथा लाजका कारण धेरै महिलाहरू नियमित रूपमा प्रजनन प्रणालीको जाँच गर्दैनन् । यस्ता रोगहरुको उपचारको प्रभावकारिता कम र मृत्युदर बढी हुने गरेको छ ।

सम्बन्धित खबरहरु