काठमाडौ । सुनको मूल्यमा आएको वृद्धिले पुनः निरन्तरता पाएको छ । कार्तिक ६ गते, बिहीबार सुनको मूल्यले तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायीका अनुसार छापावाला सुन प्रतितोला ९५ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन बुधबार पनि सुन तोलामा ८०० रुपैयाँले बढेर प्रतितोला ९५ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

बिहीबार चाँदीको भाउ भने घटेको छ । यसदिन तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २३० रुपैयाँमा खरिदबिक्री भएको छ । बुधबार भने चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खबरहरु