काठमाडौ । निजी तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीहरूले दसैंको मुखमा आन्दोलन थालेका छन् । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार थापाका अनुसार औंलामा गन्न सकिने विद्यालयले मात्रै शिक्षक–कर्मचारीलाई दसैं बोनस दिएको र धेरैले तलब नै नदिएका कारण प्रर्दशनमा उत्रिएका हुन् ।

 

गत चैतमा लकडाउन सुरु हुनुभन्दा पहिलेकै तलबसमेत नपाएका शिक्षकहरूले दसैंमा बोनस र दुई महिनाको तलब मागेका थिए । तर सरोकारवालासँग संयुक्त छलफल गर्दा पनि चाडवाडका बेला तलब नपाएको अध्यक्ष थापा बताउँछन् । ‘अनलाइन परीक्षा सञ्चालन गरेर प्रायः बोर्डिङ सञ्चालकले अभिभावकबाट शुल्क उठाइसकेका छन्’ अध्यक्ष थापा भन्छन्, ‘तर एकाध बोर्डिङ बाहेकले शिक्षक–कर्मचारीलाई निरास पारे ।’

 

इस्टुले शिक्षक–कर्मचारीहरूलाई चाडवाडसम्म धैर्यधारण गर्न आग्रह गरेको छ । तर त्यसपछि भने कडा आन्दोलन गर्ने उनीहरूको चेतावनी छ । अध्यक्ष थापा र इस्टुका महासचिव भोलानाथ चालिसेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सरोकारवाला कसैले पनि हाम्रो माग पूरा गर्ने तादरुकता देखाएनन् । चाडवाडलगत्तै ठूलो आन्दोलन गर्छौ । केही स्थानमा तलब नपाएका नीजि विद्यालयका शिक्षक कर्मचारीले प्रर्दशन समेत गरेका थिए ।

 

सम्बन्धित खबरहरु