काठमाडौं । कोरोना कालमा जन्मेका बच्चाहरु भाग्यमानी भएको खुल्न आएको छ । कोरोना महामारीको शुरुवातमा गर्भवती महिलाहरूमा ठूलो डर थियो । महामारीको प्रकोपका कारण बच्चाहरूले भोग्नु पर्न सक्ने कठिनाइहरूको बारेमा केही भन्न गाह्रो थियो ।

तर बिस्तारै धेरै गर्भावस्थासँग जोडिएका धेरै भ्रमहरु समाप्त भएर गएका छन् । यो सत्य हो कि कोरोना महामारीको बेलामा जन्मेका बच्चाहरूको हेरचाहमा केहि सावधानी अपनाउनु आवश्यक छ, तर डराउनुको सट्टा केही कुराहरुको हेरचाह गरेर बच्चालाई कोरोनाबाट बचाउन सजिलो छ ।

अर्बनडिक्सनरी डट ​​कमका अनुसार २०२० मा यस कोरोना भाइरस (कोभिड–१९) को महामारीको क्रममा बच्चाहरूको जन्म दर बढेको छ र यस अवधिमा जन्मेको पुस्तालाई कोरोनियल भनिएको छ । कोरोनियल पुस्ताका अधिकांश बच्चाहरू डिसेम्बर २०२० पछि जन्मेका छन् । डिसेम्बर २०२० देखि २०२१ को वसन्त ऋतुको समयसम्ममा बच्चाहरु यस समुहमा पर्ने भएका छन् ।

धेरै स्वास्थ्य विशेषज्ञहरू विश्वास गर्छन् कि कोरोना अवधिमा जन्मिएका बच्चाहरूसँग केहि फाइदाहरु पनि रहेका छन् । आज हामी त्यसका बारेमा सामान्य चर्चा गर्न गइरहेका छौँ । यस समयमा धेरै व्यक्तिहरू घरबाट काम गरिरहेका छन् ।

कोरोनापछि जारी लकडाउनमा काम गर्ने आमाहरूसँग डेलिभरी पछि घरबाट नै काम गर्न सक्षम हुन्छन् । आमाहरूलाई कार्यालयबाट लामो बिदा लिनुपर्ने आवश्यक्ता छैन । जसले आमाले बच्चासँग धेरै लामो समय बिताउन पाउँछिन् र बच्चा हेरचाह गर्न सजिलो हुन्छ । यस समयमा जन्मेको बच्चा २४ घण्टा आमाको साथमा हुन्छ ।

धेरै पुरुषहरू पनि कोरोनामा घरमा काम गरिरहेका छन्, त्यसैले गर्भावस्थामा र प्रसव पछि, श्रीमतीलाई दिनका लागि उनीहरुसँग समय उपलब्ध हुनेछ । अहिलेको समयमा कार्यालयमा गएर काम गर्दाको समय भन्दा धेरै समय श्रीमती र बच्चाहरुलाई दिन सकिन्छ । यसले बच्चालाई आमा र बुबा दुबैको साथ मिल्छ । यसरी बाबुआमा साथमा रहँदा बच्चालाई हेरचाह गर्न सजिलो हुन्छ ।

अर्को गज्जब कुरा भनेको अहिले घरमा पाहुनाहरू पनि कम आउँदैछन् । यस्तो अवस्थामा नयाँ बच्चाहरु घरमा शान्ति र आराम तरिकाले बस्न पाउँछन् । तपाईंको बच्चालाई कसैको काखमा बारम्बार दिनु आवश्यक पर्दैन । पाहुना आउँदा हर कसैले सानो बच्चालाई आफ्नो काखमा राख्न खोज्छन्, जसले गर्दा उसलाई डिस्टर्व हुनसक्छ । यति मात्र हैन मानवीय चम्वकत्वले बच्चाहरुलाई असर गर्न सक्दथ्यो । तर त्यो अवस्थाको अन्त्य भएको छ ।

सम्बन्धित खबरहरु