काठमाडौं । कोरोना महामारीबीच सरकारले विभिन्न १६ वटा महत्वपूर्ण निर्णयहरु गरेको छ । मन्त्रिपरिषद्को यही कात्तिक ४ गते बसेको बैठकले ती निर्णयहरु गरेको हो । मन्त्रिपरिषद्ले नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकमा आशीष गजुरेललाई नियुक्त गर्नेदेखि लिएर अन्य महत्वपूर्ण निर्णयहरु गरेको छ ।

 

 

बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहनुभएका प्रवक्ता पार्वत गुरुङले सरकारका निर्णय सार्वजनिक गर्नुभएको हो । सरकारले सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाजसमेत गर्नेगरी उच्च अदालत, पाटनका न्यायाधीश लोहितचन्द्र शाहलाई तोकिएको प्रवक्ता गुरुङले जानकारी दिनुभयो ।

 

 

बैठकले न्यूनतम् समर्थन मूल्यमा धान खरिद र व्यवस्थापन गर्ने निर्देशिका, २०७७ स्वीकृत गरेको छ । नेपाली सेनाका महासेनानी दिपेशजंग शाहसमेत तीनजना महासेनानीहरूको बढुवा गरी पदस्थापन तथा सहायकरथी कृष्णमुरारी न्यौपानेसमेत पाँच सहायक रथीहरूको सरुवा गरिएको छ ।

सम्बन्धित खबरहरु