काठमाडौं । प्रेम अन्धो हुन्छ हामीमध्य धेरैले सुनेका छौँ । यस्तै घटना अहिले भारतबाट बाहिर आएको छ । एक महिला उनको प्रेमीलाई भेट्न बिहारबाट उत्तर प्रदेशको बलिया पुगेकी छिन् । डेढ वर्षीय छोराकी आमासमेत रहेकी महिलाको प्रेम देखेर सबै हैरान छन् ।

 

तर प्रेमी भेट्न गएकी राधिकालाई उनकै प्रेमी रोशनले नियन्त्रणमा लिएको खुल्न आएको छ । जानकारी प्राप्त भएपछि आफन्तहरू प्रहरीको चौकीमा पुगेका थिए । बिहीबार नै प्रहरीले राधिकालाई रिहा गरी परिवारको जिम्मा लगाएको छ । यो घटना हल्दी प्रहरी चौकी क्षेत्रको गाउँमा भएको थियो । बिहारको नेवाडा निवासी राधिकाले हल्दी प्रहरी चौकी क्षेत्रका गाउँले रोशनलाई साथी बनाएकी थिइन् ।

 

जब ती दुई बिच कुराकानी सुरु भयो तब विस्तारै प्रेमसम्म पुग्यो । जानकारी अनुसार पहिले नै विवाहित र डेढ वर्षको छोराको आमा भए पनि राधिका रोशनको मायामा यति पागल भईन कि नेवाडाबाट छोरा लिएर बलिया पुगिन् ।

 

आरोप छ कि रोशनले उनलाई घरमा नियन्त्रणमा राखेका थिए । कुनै न कुनै तरिकाले राधिकाले उनको परिवारको सदस्यलाई फोनबाट घटनाको बारेमा छिमेकी महिलाको मोबाइलबाट जानकारी गराइन् । जब परिवारका सदस्यहरूले थाहा पाए तब उनीहरु स्थानीय बजारको एउटा घरमा फेला परेका थिए । त्यसपछि उनीहरुले प्रहरीलाई उक्त घटनाबारे अवगत गराए । सूचना पछि प्रहरी आइपुगेपछि राधिका र उनका बच्चालाई उद्धार गरी सोधपुछ गरेपछि परिवारका सदस्यहरूलाई हस्तान्तरण गरियो ।

 

 

उनले आफ्नो परिवारलाई भेट्ने बित्तिकै, रुँदै आइन् । प्रहरीका अनुसार महिलाका परिवारका सदस्यहरू आफ्नी छोरी पाउँदा खुःशी छन् । उनीहरु त्यस केटा विरुद्ध कुनै कारबाही चाहँदैनन् । यद्यपि उनीहरुलाई नियन्त्रणमा राखिएको थियो वा आफ्नै खुःशीले बसेका थिए भन्ने कुराको अनुसन्धान भइरहेको छ ।

 

नोटः माथि उल्लेख गरिएका नाम (राधिका र रोशन) नाम वास्तविक नाम होईनन् । घटना सत्य भए पनि नाम विशेष कारणवश परिवर्तन गरिएको हो । धन्यवाद

 

 

 

सम्बन्धित खबरहरु