काठमाडौं । चर्चित भारतीय क्रिकेटर कपिल देवलाई हृदयघात भएको छ । टिमका पूर्व कप्तान समेत रहेका देवलाई हृदयघात भएको हो । ६१ वर्षीय देवलाई हृदयघातपछि दिल्लीको एक अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । उनको एन्जिओपाल्टी गरिएको छ। उनको स्वास्थ्य अहिले खतरामुक्त रहेको बताइएको छ ।

कपिल देवकै नेतृत्वमा भारतले पहिलो पटक सन् १९८३ मा क्रिकेट विश्वकप जितेको थियो । हरियाणाका देवले सन् १९७८ देखि १९९४ सम्म भारतीय टिममा रहेर क्रिकेट खेलेका थिए । उनी उत्कृष्ट अलराउन्डरका रुपमा विश्वभर चर्चित छन् ।

सम्बन्धित खबरहरु