काठमाडौ । इजरायली दूतावास नेपाल र इजरायली दूतावास जापानले जापान ईन्टरनेशनल सप्पोर्ट प्रोग्राम(JISP)मार्फत काठमाडौं र पोखरा वरपररहेका विपन्न गन्धर्व समुदायलाई खाध्य सामग्रीहरु सहयोग प्रदान गरेका छन्।

इजरायली सरकारको आर्थिक सहयोगमा JISPले दशैँको महान चाडपर्बको उपलक्ष्यमा करिब १०००बिप्पन्न गन्धर्व परिवारलाई चामल, दाल, तेल र तरकारीहरूजस्ता आधारभूत खाध्य वस्तुहरू प्रदान गरेका छन्। साथै, COVID-19 को यस चुनौतीपूर्ण समयमा साबुन, मास्कलगायत स्वाथ्यसुरक्षाका सामग्री पनि प्रदान गरेका छन्। काठमाडौँमा रहेका गन्धर्व समुदायलाई आज खाध्यसामग्रीहरु प्रदान गरियो भने छिट्टै पोखरामा रहेका समुदायलाई सहयोग पठाइने छ।

यस्तो विषम परिस्थतिमा गन्धर्व समुदायलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुहुर्दै नेपालकालागि इजरायलका राजदूत श्री बेन्नी ओमरले भने, "COVID-19 महामारीको यो कठिन समयमा हामी नेपालको गन्धर्व सांगीतिक समुदायलाई मानवीय आवश्यकता सहयोग गर्न पएकोमा खुशी छौं। यहाँहरु सम्पूर्णमा दशैँ र तिहारको मंगलमय शुभकामना पनि दिन चाहन्छौ।"

 

“बिप्पन्न तथा खाँचोमा परेको मानिसहरुर समुदायलाई सकेसम्म चाँडो आधारभूत खाध्यसामग्रीहरु प्रदान गर्नु हाम्रो प्राथमिकता हो। COVID-19 ले सिर्जनागरेको विषम परिस्तिथिका साथै, नेपालीहरुको यस महान चाडपर्वको समयमा हामीले सक्दो चाँडो सहयोग प्रदान गर्ने प्रयास गरेका छौ।नेपालमा पछिपरेको गन्धर्वसमुदायलाई सहयोग प्रदान गर्नका निम्ति, हामी परम्परागत उत्कृष्ट गन्धर्व सांगीतिक समुदाय र संगीतकारहरुसंगको सहकार्यमा विभिन्न कोष जुटाउने कार्यक्रम गर्दै आएका छौ”,मयुमीयोशिदा- JISP, प्रतिनिधिनिर्देशक।

यो इजरायली दूतावास नेपाल र JISP बिचको पहिलो सहकार्य हो।हामी सबै नेपाली मित्रहरूलाई खुशी र समृद्धी दशैं-तिहारको शुभकामना दिन चाहन्छौ, आशा छ यो उत्सवको मौसमले सबैलाई खुशी र राम्रो स्वास्थ्य प्रदान गर्नेछ”।

 

नोट: नेपालका गन्धर्वहरू विश्वका एक महान संगीत परम्पराको संरक्षणकर्ता हुन्, जुन परम्परालाई युनेस्कोले अमूर्त विश्वसम्पदा(Intangible World Heritage) रूपमा मान्यता दिएको छ। शताब्दीयौंदेखि गन्धर्वहरू नेपालमा सांगीतिक क्षेत्रमाआबद्द छन्।

 

यो समुदाय आफ्नो जीविकार आम्दानीकोलागि मुलतय पर्यटन क्षेत्रमा आश्रित छ। उनीहरूको आम्दानीको मुख्य स्रोत प्राय सारंगि निर्माण गर्नु हो जुन उनीहरू पर्यटकलाई बेच्दछन। यद्दपि अहिलेको COVID-19 crisis को कारण पर्यटकहरू स्वतन्त्र रूपमा नेपाल आउन सकेका छैनन्जसको असर गन्धर्व समुदायमा पनि पर्न गएको छ र उनीहरुले आफ्नो जीविका चलाउने तरिका गुमाएका छन्।

 

 

सम्बन्धित खबरहरु