काठमाडौ । प्रधानमन्त्री देशको सर्वोच्च पद हो । देशको डाडु पुन्यू उसैको हातमा हुन्छ । देशलाई कता तर्फ लैजाने प्रधानमन्त्रीको क्षमतामा भर पर्छ । त्यो पदका थुप्रै सीमा हुन्छन् ।

गैरकानुनी बस्तुको उपभोग र संरक्षण दिन पनि पाइदैन् । तर, यहाँ एक अनौठो खबर बाहिर आएको छ । खबर सत्य भएको प्रमाणहरु समेत बाहिर आएका छन् । देशको प्रधानमन्त्री नै राजधानीमा रहेको कोठीमा सुत्न गएको खुल्न आएको छ ।

घटनापनि सामान्य देशको हैन । कुनै बेला कहिलै सूर्य नउदाउने देश भनेर चिनिने विश्वको सर्वशक्तिशाली देश बेलायतको हो । बेलायतको राजधानी लण्डनको कोठीमा कार्यरत महिलाले यो सनसनीपूूर्ण खुलासा गरेकी छिन् ।

उनको पार्लरको आवरणमा कोठी सञ्चालन रहेको उल्लेख गरेकी छिन् । उनले राजधानी लण्डनमा २० वर्षदेखि यो पार्लर चलाउँदै आएकी हुन् । उनी हुन् ४२ वर्षीय माइरा फोर्बले । उनले आफ्नो कोठीमा देशका प्रधानमन्त्री समेत शरीरको स्वाद लिन यहाँ आएको दावी गरेकी छिन् ।

उनले केही प्रधानमन्त्रीको नाम नै खुलाएकी छिन् । उनले देशको प्रधानमन्त्री समेत आफूसँग आएर सुतेको खुलासा गर्दैआवश्यक परे प्रमाण दिन सक्ने उनको दावीपछि अहिले लण्डनमा हलचल आएको छ ।

उनका अनुसार बेलायतका पाँच वटा प्रधानमन्त्रीले उनीसँग सुत्न आइसकेका छन् । बेलायतमा उनी चर्चित व्युटिसियन मानिन्छिन् । तर, प्रहरीले छापा हान्दा उनको मसाज पार्लरमा यो कार्य हुने रहस्य २० वर्षपछि खुलेको हो ।

प्रहरीको सोधपुछमा माइराले बेलायतका प्रतिष्ठित व्यक्तित्वहरुसँग कार्य राख्दै आएको बताएकी छिन् । यूकेका पूर्व प्रधानमन्त्री एडवर्ड हीथले पनि उनीसँग सुतिसकेको खुलासा भएको छ । प्रधानमन्त्री एडवर्ड पदमा भएकै बेलादेखि उनका खास ग्राहक हुन् ।

यो कार्य चलाएको भन्दै माइरावि रुद्ध २०१४ मा एउटा उजुरी परेको थियो । जसमा माइराले कलिला बच्चाहरुलाई प्रयोग गरेको आरोप लगाइयो । तर, माइराले अर्कै खुलासा गरिन् । माइराले भनिन् ‘पूर्व प्रधानमन्त्री उनको काखमा सुत्न अधिकांश समय आउथे र उनी खास ग्राहक थिए ।’

उनले देशकै प्रधानमन्त्रीको सहयोगमा यो कार्य सञ्चालन गर्दै आएको पनि खुलासा भएको छ । यो बीचमा उनी दुई पटक जे ल परिसकेकी थिईन् । तर, उनलाई प्रधानमन्त्रीले नै बचाएका थिए । अहिले माइरा प्रहरीको थुनामा छिन् । उनको मुद्दामा २० दिनपछि उच्च अदालतले फैसला गर्दैछ । बेलायतमा यस्तो कार्य कानूनी रुपमा नै बन्देज छ ।

सम्बन्धित खबरहरु