काठमाडौँ । हामीले दैनिक जीवनमा उपयोग गरीने खानेकुराहरु नमिलाई खाने गर्नाले हामी बिरामी भईरहेका हुन्छौ । कुनै खाने कुराहरु यस्ता हुन्छन् जुन सँगै मिलाएर खान मिल्दैन खाएमा हामी बिरामी हुन्छौ । कुन चिज के संग मिलाएर खानु हुदैन थाहा पाईराख्नुहोस् ।

१, दुधको साथमा घ्यु अन्डा , रुखकटहर ,कोदाको ढिंडो र फापरको ढिडो खानु हुदैन । यो खाएमा जीवनमा नै ठूलो मुल्य चुकाउनुपर्ने हुन्छ ।

२, माछा र सक्खर सँगै खान हुदैन यसले पित्त विगार्छ् ।

३, परेवाको मासु, दुध र मह लामो समय सँगै सेवन गरेमा गलगाँड हुनसक्छ् ।

४, दुधको साथमा बडर, काँचो केरा, आँप, जामुन तित्री,ओखर,दारिम नरिवल खानु हुदैन । यसरी खाएमा दम हुने सम्भावना हुन्छ।

५, भटमास र दुध एकैसाथ खाएमा पत्थरी हुनसक्छ ।

६, गुर्जो र तुलसी एकैसाथ खाएमा अम्लपित्त हुनसक्छ ।

७, भिण्डीको साथ दही मोहि, घ्यु, दुध खानु हुदैन खाएमा अम्लपित्त बढ्छ ।

८, करेलामा साग वा भिण्डी एकसाथ पकाएर खान हुदैन । खाएमा अम्लपित्त बढ्छ ।

९, हाँस वा बकुल्लाको मासु खाएको बेला गेडागुडी र कालो दाल खानु हुदैन । यसरी खाएमा क्यान्सर समेत हुन सक्छ ।

१०, बाँसको तामा, बडरको फल, मह र दुध सँगै खान हुदैन यसले बच्चा जन्माउने क्षमताको क्षति गर्छ ।

सम्बन्धित खबरहरु