काठमाडौं । प्राय धेरैको घरमा बिरालो पाल्नु भएको होला । कहिलेकाँही बिरालोले यस्तो काम गर्दछन् जसलाई कसैले कल्पना गर्न सक्दैन । अमेरिकाको फ्लोरिडामा बिरालोले पनि यस्तै काम गरेको छ । मालिक के रोजर्स भन्छिन्, ‘हाम्रो बिरालो ओलिभ प्रायः बाहिरबाट केहि ल्याउँछ ।

हामीलाई लाग्छ कि उसले हामीलाई उपहार दिन्छ । र उसले हामीलाई उपहारको रुपमा दिन्छपनि । तर यस पटक उनले ल्याएको उपहार मेरो कल्पनामा समेत थिएन ।’ यस पटक बिरालोले उपहार ल्याउँदा उनी घरमा थिइनन् ।

उनकी छोरी एभरीले भनिन्, ‘बिरालाले बाहिरबाट केहि कुरा मुखमा ल्याएर घरभित्रको हलमा छोड्यो ।’ जब एभरी त्यो कुरा नजिक गइन्, उनी चकित परिन् । बिरालोले दुई मुख भएको अनौंठो सर्प ल्याएर आएको थियो । फ्लोरिडा माछा र वन्यजन्तु संरक्षण आयोगले रिपोर्ट गर्यो कि यो कालो रेसर प्रजातिको सर्प हो जसले केही गर्दैन ।

यद्यपि सर्पको दुई मुखका लागि यो असामान्य छ । बच्चाको विकासको क्रममा दुई अलग–अलग तरिकाले विकास हुन पाएन् । यसकारण शरीर एउटै रह्यो तर मुख दुई वटा भएको बताइएको छ । यस्तो मानिसकोपनि भएको छ । तर यो विश्वमा केही एक दुई संख्या मात्र हुन्छ ।

फ्लोरिडा माछा र वन्यजन्तु संरक्षण आयोगले सर्पलाई दक्षिणी कालो रेसरको रूपमा चिनाएको छ । फेसबुकमा फोटोहरू साझा गरिएको छ । उनले यस्तो घटनालाई बाइसाफली भनिन्छ, जुन असामान्य छ । यो बच्चाको विकासको समयमा हुन्छ ।

जब दुई मोनोजायगोटिक जुम्ल्याह अलग हुन सक्दैनन् । यस्तो अवस्थामा एउटै शरीरमा दुई टाउको हुन्छन् । आयोगले दुई टाउको भएको सर्पलाई जंगलमा बस्न धेरै गाह्रो हुने बताएको छ । किनभने दुई दिमागले फरक–फरक निर्णय लिने गर्छन । जसले उनलाई अरुबाट जोगिन गाह्रो छ । आफ्ना शत्रुबाट उम्कने क्षमतालाई अवरोध दिन्छ ।

रोजर्सले भने कि सर्प असम्बन्धित भएको बताएकी छिन् । दुबै टाउको बिभिन्न दिशामा जाने गर्दछ । उनले भने कि दुई टाउको भएको कारण उहाँ समन्वयित देखिदैंन । उसले राम्ररी खान पनि सक्दैन् ।

खाना सर्पका अगाडि राखिएको हुन्छ तर एक टाउको खानतिर लागिरहेको हुन्छ, अर्को टाउको खानालाई बाहिर तानिरहेको हुन्छ । दुई टाउको भएको सर्पलाई हाल एफडब्ल्यूसी कर्मचारीहरूले हेरचाह गरिरहेका छन् ।

Two Headed Snake

सम्बन्धित खबरहरु