काठमाडौं । क्लासिक लिजेन्ड्सले नेपाली बजारमा जावा ब्रान्डका बाइक उपलब्ध गराउने भएको छ । क्लासिक लेजेन्ड्सले अग्नि मोटोइन्क प्रालिलाई नेपालका लागि आधिकारिक वितरक–साझेदारका रूपमा नियुक्त गरेको छ ।

कम्पनीले नेपालमा सुरुमा आफ्नो जावा र जावा फोर्टी टु मोडल उपलब्ध गराउने बताएको छ । नेपाली ग्राहकका लागि आफ्ना लोकप्रिय मोडलहरू सुलभ ढंगले पहुँच हुनेगरी प्रस्तुत गर्ने र उनीहरूलाई ‘जावा लाइफ’को अनुभव गर्ने मौका प्रदान गर्ने कम्पनीको भनाइ छ ।

क्लासिक लिजेन्ड्स प्रालिका प्रमुख कार्यकारी अधिकृत आशिष सिंह जोशीले भारतमा नयाँ जावा मोडलहरूका लागि अदभूतपूर्व प्रेम, चासो र माग सहित सफलता हासिल गरेको समयमा नेपाली बजारबाट समेत त्यस्तै स्नेह प्राप्त हुने अपेक्षा गरेको बताए । आफ्नो सञ्चालन विस्तारका क्रममा यहाँ जावा र जावा फोर्टी टु गरी दुईवटा मोडलहरू प्रस्तुत गर्ने र सबै क्लासिक मोटरसाइकल प्रेमीहरूलाई इतिहासको एक हिस्सा सहित एउटा अद्वितीय स्वामित्व अनुभव प्रदान गर्ने उनले बताए ।

अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले क्लासिक लेजेन्ड्सका जावा मोटरसाइकलहरु नेपालमा ल्याउन पाउँदा ठूलो गर्व अनुभव भएको बताए । । एउटा प्रमाणिक र आइकनिक ब्रान्ड जावाप्रति निकै आशावादी भएको र यसले मोटरसाइकल प्रेमीहरूकोे स्वतन्त्र भावनालाई निश्चित रूपले पूर्ति गर्ने र नेपालका ग्राहकहरूबीच तत्कालै लोकप्रिय हुनेमा आफू विश्वस्त भएको बताए ।

जावा मोटरसाइकल सुरुमा काठमाडौंको उत्तरढोका र टेकु स्थित सोरुहरुमा उपलब्ध हुनेछ र नेटवर्क विस्तारै देशभर विस्तार हुनेछ । यी मोटरसाइकल कम्प्लिट्ली बिल्ड युनिट (सीबीयू) प्रविधिमा ​​नेपाल ल्याइने छ ।

निकट भविष्यमा योजनाबद्ध रुपमा बिक्रीकक्ष काठमाडौं, पोखरा, इटहरी, धरान, नारायणघाट, लहान, नेपालगन्ज र बुटवल जस्ता प्रमुख शहरहरूमा पूर्ण रूपमा सञ्चालनमा आएपछि यी शहरहरूका ग्राहकहरूले आफ्नै शहरहरूमा आइकनिक मोडलका जावा र जावा फोर्र्टी टु गरी दुई मोटरसाइकलहरूको बुक गर्न र टेस्ट राइड गर्न सक्ने बताइएको छ ।

क्लासिक लिजेन्ड्स प्रालि एक भारतीय कम्पनी हो जुन बजारमा आइकनिक मर्की मोटरसाइकल ब्रान्ड पुनः प्रस्तुतिका लागि स्थापना गरिएको हो । क्लासिक लिजेन्ड्सको उद्देश्य भारतको पहिलो वास्तविक जीवनशैली कम्पनी बन्ने र उपभोक्ताहरूलाई मोटरसाइक्लिङ इकोसिस्टमसँगै रोमाञ्चक उत्पादन र सेवा प्रवाहबाट क्लासिक ब्रान्डहरुको सम्पदा पुनर्जीवित पार्ने अवसरहरू प्रदान गर्ने उद्देश्य रहेको छ ।

जावा चेक रिपब्लिक, पूर्व चेकोस्लाभियाको ब्रान्ड हो, ९० वर्षको विरासतका साथमा १२० भन्दा बढी देशहरूमा क्लासिक, राम्रोसँगै इन्जिनियरिङ गरिएका, गैरविशिष्ट प्रकारका मोटरसाइकलहरू निर्यात गरी समृद्धिको उत्कर्षमा पुगेको छ । यो भारतीय बजारमा सन् १९६०को प्रारम्भतिरै प्रवेश गरेको हो । जावा मोटरसाइकलका दुई वटा पक्षहरू–यसको सुन्दर डिजाइन र सबल प्रदर्शनले यसले मन मात्र नभई विश्वका थुप्रै ‘टाइटल’ पनि जितेको छ ।

सम्बन्धित खबरहरु