काठमाडौ- आईसिसी वल्र्ड क्रिकेट लिग डिभिजन टु अन्तर्गत आजको खेलमा नेपाल र नेदरल्याण्ड भिड्दै छन् । प्रतियोगिताकै बलियो टिम मानिएको नेदल्याण्डले आफ्नो अघिल्लो खेलमा क्यानडालाई सस्तैमा पराजित गर्यो । नेपाललाई भने आज जित्नै पर्ने दबाब छ ।

नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले आजको खेल जित्नै पर्ने बताएका छन् । हामी सबैले कडा मेहनत गरेका छौँ र आज उच्च प्रदर्शन गरी जित्न चाहन्छौँ । हामी सँग क्षमतावान् खेलाडी छन् । हामी आफ्नो प्रतिभा देखाएर नेदरल्याण्डलाई हराएर जित्ने पक्षमा छौँ । कप्तान खड्काले नेदरल्याण्डको चुनौति सामना गर्न नेपाल तयार रहेको बताएका छन् । विश्वकप खेलिसकेको राष्ट्रसँग क्रिकेट खेल्न आफुहरुको चाहना पुरा भएको बताउँदै नेदरल्याण्डलाई हराउने बताएका हुन् । नेदरल्याण्डले पनि नेपाललाई सामान्य रुपमा लिन नसकिने बताएको छ ।

Paras-Khadka2

सम्बन्धित खबरहरु