काठमाडौ । अहिले कोरोना भाइरस (कोभिड–१९) को महामारी नेपालमापनि उत्कर्षमा पुगेको छ । दैनिक हज्जारौ मानिस संक्रमित भइरहेका छन् । दर्जनौको मृत्यु भइरहेको छ । यस्तो अवस्थामापनि मानिसहरुमा डर रत्तिभर देखिन्न ।

 

राजधानी काठमाडौका केही स्थानमा हेर्ने हो भने मानौँ की उनीहरुलाई पक्का कोरोना भाइरसले नै बोलाइ रहेको छ । बाटोमा रमिता लगाएर कोरोनालाई गिज्याइरहेका छन् । तल दृष्यमा देखिएको स्थान काठमाडौको रत्नपार्कको हो । मध्य दशैँ महाअष्टमीको दिनको दृष्यले सबैलाई झस्काउनेछ ।

 

 

यति सानो र साँघुरो पेटीमा झैण्ड सय बढी अनेकौँ पसल थापिएको छ । यहाँ हजार भन्दा बढी मानिस ठेलमठेल उपस्थित छन् । कोही कपडाको मोलमोलाई गरिरहेका छन् । कोही युवतीको । दृष्य देख्दा लाग्छ अब यीनिहरुले भाइरस सबैमा पुर्याउँदैछन् । सयौँसँग टाँसिएर किनमेलपछि उनीहरु सोझै सार्वजनिक सवारीमा चढिरहेका छन् ।

 

 

त्यतिमात्र हैन अनैतिक कर्मका लागि दर्जनौ मोलमोलाई भइरहेको छ । कोही गेष्ट हाउसतर्फ हुईकिरहेका छन् । कोही पुगेर फर्किएका छन् । यहाँ भाइरसको कुनै डर छैन । कुनै प्रवाहपनि छैन । भाइरस नआउँनुभन्दा पहिले जे थियो त्यो भन्दापनि बढी चहलपहल यहाँ छ । त्यो भन्दापनि अझै धेरै नै सारगर्मी यहाँ चढेको छ ।

 

 

नजिकै देशकै ठूला दुई अस्पताल छन् । राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पताल । त्यहाँ आएका विरामीका कुरुवापनि यही दौडिरहेका हुन्छन् । बाहिर दुर्गमबाट आएकाहरुलाई लाग्छ यहाँ रमिता छ । उनीहरु अस्पतालबाट फर्किएर गाउँ पुग्दा फेरी भाइरसले गलाइरहेको छ ।

 

 

 

यसले देश र जनतालाई कति असर गर्ने हो सम्बन्धित निकायले देखोस् । हामी त्यो भिडियो यहाँ अपलोड गर्दछौ । सम्बन्धित निकायका जिम्मेवारहरुले देख्ने गराउन त्यहाँसम्म पुर्याउँनका लागि भिडियो सेयर गरिदिनुहोला ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

 

 

 

 

सम्बन्धित खबरहरु