काठमाडौं । राजविराजमा भएको एक डरलाग्दो घटनाले सबैको होस उडाएको छ । अ’नैतिक क्रि’याकलाप गरेको आरोपमा कारागार थुनामा परेका आरोपितकी ४५ वर्षीया श्रीमतीमाथि यस्तो प्रयास भएको आरोपमा सप्तरीमा दुई जना समातिएका छन् । अ’नैतिक त’रिकाले स’म्बन्ध राख्न खोजेको आरोपमा ५२ वर्षीय र ४८ वर्षीय दाजुभाइ पक्राउ परेको इलाका प्रहरी कार्यालय कञ्चनरुप सप्तरीका डीएसपी नरेशकुमार सिंहले जानकारी दिनुभयो ।

कारागारमा थुनामा परेका आरोपितले भदौ १ गते ११ वर्षीया सुस्त मनस्थितिकी बा’लिकामाथि अ’नैतिक का’र्य गरेको आरोप छ । उनी घटनाको दुई सातापछि कञ्चनरुप नगरपालिका–२ बाट पक्राउ परेका हुन् । संयोग के छ भने हाल पक्राउ परेका ५२ र ४८ वर्षीय दाजुभाइ तीनै सुस्त मनस्थितिकी बालिकाका बुवा र काका पर्छन् । दुबै मुद्दा इलाका प्रहरी कार्यालय कञ्चनरुपले चलाएको छ ।

बालिका पीडित भएको उजुरीमा सा’मूहिक रूपमा टेलिभिजन हेरिरहेका बेला बत्ती गएको मौका छोपी आरोपितले भदौ १ गते राति ९ बजे बा’लिकालाई नि’यन्त्र’णमा लिएर टोलभन्दा करिब चार सय मिटर टाढा धान खेतमा लगेर यस्तो कार्य गरेको जनाइएको छ ।

अहिले तीनै जना थुनामा परेको आरोपितकी श्रीमती पीडित भएको उजुरीमा आरोपित दाजुभाइले असोज ३० गते बिहान ‘मर्निङ्ग वाक’मा निस्किएका बेला घरदेखि तीन सय मिटर उत्तर परालको टाढ भएको बारीमा एक्लै भएको मौका छोपी नियन्त्रणमा लिएर यस्तो प्रयास गरेको पनि खुल्न आएको छ ।

सम्बन्धित खबरहरु