काठमाडौं । भक्तपुरमा एक युवतीलाई लिएर भएको विवाद उग्र बनेपछि एकदम डरलाग्दो घटना घटेको छ । प्रेमिकाको विषयलाई लिएर भएको विवादले उग्र रुप लिँदा एक जनाले ज्या'न गुमाउनु परेको छ । भक्तपुर नगरपालिका–१ इटापाकेस्थित दुवाल मेटल कारखानामा काम गर्ने भारतीय मजदुरबीच विवाद भएको थियो ।

 

विवाद उग्र भएपछि भारत उत्तर प्रदेश जयंतिपुर रोड अलि मस्जित मुरादावाद घर भई सोही कारखानामा पित्तलको भाँडा बनाउने ३५ वर्षीय शाहिव हुसैनको ज्या'न गएको खुल्न आएको छ । प्रहरीले शाहिवको ज्या'न लिएको आरोपमा शाहिवसँगै काम गर्ने दुई जना भारतीय मजदुरहरुलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरुमा भारत उत्तर प्रदेश मुरादाबाद कुन्दरकी घर भई हाल दुवाल मेटल कारखाना बस्ने १९ वर्षीय सानु अन्सारी र भारत उत्तर प्रदेश मुरादाबाद मोहलपुर घर भई सोही कारखाना बस्ने २३ वर्षीय सलमान खान रहेका छन् । प्रहरीका अनुसार सँगै बसी मदकता आउने चीज सेवन गरी शनिबार राति ९ बजे कारखाना फर्कने क्रममा शाहिव, सानु र सलमानबीच प्रेमिकाको विषयमा विवाद भएको थियो ।

सोही क्रममा अनुचित शब्दहरु बालेपछि सानु र सलमानले शाहिदको अनुहार र टाउकोमा गह्रो बस्तु फ्याकेर उनलाई मृत्यु गराइएको प्रहरीले जानकारी दिएको छ । शाहिदको लाश आइतबार बिहान इटापाकेको प्लानिङस्थित नरकटघारी खोल्सामा फेला परेको थियो ।

घटनाको जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाको कमाण्डमा १५ जनाको टोली घटनास्थल पुगेर अनुसन्धान गरेको हो । लगत्तै महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीको कमाण्डमा रहेको टोलीले परिसरको टोलीसँग संयुक्त रुपमा घटनाको अनुसन्धान गरेको थियो ।

प्रहरीले घटनाको अनुसन्धानको लागि तालिमप्राप्त दुई वटा कुकुरसमेत परिचालन गरेको थियो । प्रहरीले सलमान र सानुको कोठामा खानतलासी गर्दा दुवै जनाको कोठाहरुबाट प्रमाण मिल्ने लुगा र जुत्ता फेला परेको र दुवै जनाले ग्रर्लफ्रेण्डको विषयमा विवाद भई विवाद उग्र हुँदा शाहिदको मृत्यु भएको बयान पनि दिइसकेका छन् ।

मृतकको लाश परीक्षणका लागि भक्तपुर अस्पताल पठाएको छ । यस घटना सम्बन्धमा आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबरहरु