काठमाडौं । शिक्षक र विद्यार्थीबीचको सम्बन्धबारे धेरैलाई जानकारी हुनुपर्छ । यो बीचमा खबर आएको छ कि ८ कक्षामा पढ्ने विद्यार्थीसँग एक शिक्षिका भागिन् ।
भारतको गुजरातमा रहेको गान्धीनगरमा २६ वर्षीया शिक्षिका आठ कक्षामा पढ्ने १४ वर्षीय विद्यार्थीसँग भागेको कुरा भाइरल भएको छ ।
विद्यार्थीका पिता सरकारी कर्मचारी हुन् र उनले प्रहरीसमक्ष शिक्षिकाका विरुद्ध उजुरी दर्ता गरेका छन् ।
शिक्षिकाले छोरालाई फकाएर आफूसँग लगेको उनको आरोप छ । शिक्षिका र विद्यार्थी गत शुक्रवार अपराह्न ४ बजेदेखि गायब छन् । एक प्रहरी अधिकारीहरूका अनुसार, शिक्षिका ती विद्यार्थीसँग बढी नै नजिकिएकी थिइन् र विद्यालयका अधिकारीहरूले उनीहरूलाई चेतावनी समेत दिएका थिए ।
शिक्षिका आफ्ना किशोर विद्यार्थीसँग भाग्ने दुर्लभै घटना भएको ती अधिकारीको भनाइ छ । भारतीय संहिताको दफा ३६३ अन्तर्गत पोइल जाने कसूरमा कलोल प्रहरीसमक्ष उजुरी दर्ता गरिएको छ ।
उजुरीमा ती शिक्षिका कलोल शहरको दरबारी चालमा बस्ने उल्लेख छ ।‘म बेलुका ७ बजे घर पुग्दा छोरो हराइरहेको पाएँ । छोरो ४ बजेतिर घरबाट निस्केको पत्नीले बताइन् । हामीले उसलाई टोलभरि खोज्यौं र नातेदारहरूकहाँ पनि सोधखोज गर्यौं तर पत्ता लगाउन सकेनौं ।
म त्यसपछि शिक्षिकाको घर गएँ तर उनीहरू त्यहाँ थिएनन्,’ किशोरका पिताले उजुरीमा उल्लेख गरेका छन् । उनीहरू दुवैले मोबाइल फोन नबोकेकाले पत्ता लगाउन गाह्रो परेको कलोल शहर प्रहरीका निरीक्षक केके देसाईले बताए । एजेन्सी