काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुले उपचार खर्च व्यहोर्न नसक्ने कोभिड–१९ सङ्क्रमितको उपचार निःशुल्क गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।

आइतबार मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस) का को अर्डिनेटर डा.गुणराज लोहनीले विज्ञप्ति जारी गर्दै कतिपय अस्पतालले कोभिड–१९ का विरामीलाई भर्ना गर्दा रकम मागेको, रकम जम्मा गर्न नसक्दा उपचारबाट बञ्चित गरेको गुनासो आएको बताएका छन् ।

उनले सरकारले गरिब, विपन्न, अशक्त, असहाय, जेष्ठ नागरिकको उपचार निःशुल्क गर्ने र त्यसका लागि बिरामीका तर्फबाट स्वयं घोषणा गरे मान्य हुने बताएका छन् । डा.लोहनीले यस विपरीत कार्य गर्ने गराउने गरी बिरामीको स्वास्थ्यमा असर पर्न गएरमा अस्पतालहरु स्वंयम जिम्मेवार हुने बताएका छन् ।

उनले कुनै पनि बिरामीहरुलाई उपचारको खर्च अभावमा उपचारबाट बञ्चित गर्नु अस्पताल सेवाको मर्म ,स्वास्थ्यकर्मीको आचार संहिता बिपरीत हुने भन्दै सबै सरकारी, सामुदायिक, निजी, गैरसकारी अस्पताल तथा मेडिकल कलेजहरुले उपचार खर्च व्यहोर्न नसक्ने कोभिड–१९ संक्रमितको उपचार निःशुल्क गर्न हुन विज्ञप्ति जारी गरिएको उल्लेख गरेका छन् ।

सम्बन्धित खबरहरु