काठमाडौ । न्यूयोर्कको क्विन्समा रेलगाडीको ठक्करबाट नेपाली महिलाको मृत्यु भएको दुखद खवर छ । न्यूयोर्कका नेपाली समूदायका अनुसार उनि सिन्धुपाल्चोक घर भै न्यूयोर्कमै बस्दै आएको बुझिएको छ ।

 

लङ्ग आइल्याण्ड रेल रोड (एलआइआरआर) को सामग्री बोक्ने रेलगाडीले मंगलबार बिहान ५ बजे ठक्कर दिंदा नेपाली चेली (महिला) परु श्रेष्ठको निधन भएको नेपाली समूदायले जानकारी दिएका छन। न्यूयोर्कमा परुलाई जीनाको नामबाट ज्यादा समूदायले चिन्ने गरेका छन।

 

नेपाली समूदायका अनुसार उन्को दाह संस्कार आगामी शनिवार गरिने योजना रहेको बुझिएको छ । उक्त घटना वुडसाईट स्टेसन (चौकी) नजिक भएको प्रहरीले जानकारी दिएका छन । उनको घटना स्थलमै निधन भएको थियो । उक्त घटना पछि अस्थायी रुपमा जमैका र पेन स्टेसन बीच यातायात रोकिएको थियो ।

 

अनधिकृत रुपमा उक्त स्थानमा प्रवेश गर्दा सामान बोक्ने गाडीले उनलाई ठक्कर दिएको प्रहरीले बताएका छन । बिहान ५ बजे अढाई घण्टाको यातायात लागि बन्द गरिएको थियो भने ७ः३० बजे बिहान पुन रेलगाडी संचालन गरिएको थियो ।

 

उक्त घटनापछि चिकित्सा टोली त्यहाँ पुगेका थिए । श्रोत ः न्यूयोर्क पोस्ट (अन्य जानकारी नेपाली समूदाय)

 

 

सम्बन्धित खबरहरु