काठमाडौं । छक्का पञ्जा निर्देशन गरेर चर्चामा आएकी अभिनेत्री, निर्देशक दिपाश्री निरौलाको दशैँ यसपाली काठमाडौमा नै वित्यो । उनी जन्मथलो बिराटनगर जान पाइनन् । कोरोना भाइरस (कोभिड–१९) का कारण उनी आफु रहेको काठमाडौमा नै दशैँै मनाइन् ।

 

उनी बिराटनगर गएको बेला उनले पुराना साथीहरुलाई घरमै बोलाउने गरेकी थिइन् । साथीभाई जम्मा भएर चुस्की लिँदै दशैँ मनाउँदा मज्जा बेग्लै हुन्थ्यो उनले सम्झिइन् । उनको घर छेउमा मगर समुदाय भएकाले सानैदेखि चुस्कि लिएको उनुभव छ ।

 

 

तर, उनका बुबा चुस्कि छुँदैनन् । ‘बुबा कालो चिया लिएर साथ दिनुहुन्छ हामी चुस्कि’ दिपाश्रीले भनिन् । तर चुस्कि ठिक्क मात्रै पिउनुपर्ने धारणा राख्ने दिपाश्री सफ्ट ड्रिङ्सकी पारखी हुन् रे ।

 

बिराटनगरमा गर्मी बढि नै हुने भएकाले पनि सफ्ट ड्रिङ्स रमाउने उनको योजना थियो । तर यो बर्ष जान पाइएन । उनले यो बर्षमा काठमाडौमा रहेका आफन्तसँग दशैँको टिका ग्रहण गरेकी छिन् । आफु भन्दा सानालाईपनि टिका लगाइदिएर आशीर्वाद दिएकी छिन् । हेरौ तस्विर ।

 

 

 

सम्बन्धित खबरहरु