काठमाडौं । काठमाडौं उपत्यकामा घडेरीको मूल्य आकाशिएका कारण यहाँ घर जग्गा जोड्ने सबैको सपना पुरा हुन नसकेको देखिन्छ । यद्धपि भित्री शहर छाडेर काठमाडौं उपत्यकाका कुनाकाप्चातिर भने अझै पनि मध्यम मूल्यमै जग्गा पाउन सकिन्छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका यी स्थानमा अझै पनि आनाको १० लाख रुपैयाँभन्दा कम मूल्यमा टुक्रा घडेरी पाइन्छ ।

इचंगुनारायण, काठमाडौं : काठमाडौंको नागार्जुन नगरपालिकाको इचंगुनारायणतिर अहिले पनि आनाको ८ देखि १० लाख रुपैयाँसम्म जग्गा किन्न पाइन्छ ।

काभ्रेस्थली (माथिल्लो भाग) : काठमाडौं काभ्रेस्थलीको माथिल्लो भेगतिर शान्तीधाम एरियामा आनाको १० लाखसम्ममा टुक्रा जग्गाको कारोबार भाइरहेको छ ।

चन्द्रागिरी ; चन्द्रागिरी नगरपालिकामा पर्ने दहचोकको माथिल्लो भेग कालु पाण्डेको समाधिस्थल वरिपरि १३ फिटे बाटोमा आनाको ६ देखि १० लाख रुपैयाँसम्मको जग्गा पाइन्छ ।

मातातिर्थ : काठमाडौं मातातिर्थको चन्द्रागिरी जंगलसँग जोडिएको ठाउँ वरिपरी पनि ८ देखि १० लाख आनाको जग्गा किन्न पाइन्छ ।

किर्तिपुर : काठमाडौं किर्तिपुर नगरपालिकाको भत्तेकपाटी जंगलतिरको ठाउँमा पनि आनाको १० लाखभन्दा कम मूल्यमा जग्गा पाइन्छन् ।

तारेभिर : काठमाडौं गोकर्णेश्वर नगरपालिकाको सुन्ताखानको माथिल्लो भागमा ढलान गरेको बाटोसँग जोडिएको घडेरी आनाको ८ देखि १० लाख रुपैयाँसम्म किन्न पाइन्छ ।

जहरसिंग पौवा : काठमाडौं शंखरापुर नगरपालिकाको जहरसिंह पौवा, चौकी भन्ज्याङ, लप्सेफेदी, नाङ्लेभारे लगायत ठाउँमा १३ फुटे बाटासम्म जग्गा पनि १० लाखभन्दा कम मूल्यमा पाइन्छ ।

सुडाल : भक्तपुर भक्तपुरको चाँगुनारायण नगरपालिकामा पर्ने सुडालको आसपास पनि आनाको ६ लाखदेखि १० लाख रुपैयाँसम्मका जग्गा पाइन्छन् । गोरेटो बाटो र एकमुष्ठ धेरै जग्गा उठाएमा अझै सस्तोमा जग्गा पाइने टाउनसिप प्रोपर्टीका सञ्चालक देबेन्द्र दाहाल बताउँछन् ।

बागेश्वरी : भक्तपुर चांगुनारायणको छालिङ र बागेश्वरी आसपासमा पनि १० देखि १३ फुटे बाटोमा १० लाखभन्दा कम मूल्यमा टुक्रा जग्गाहरु पाउन सकिन्छ ।

डोलेश्वर : डोलेश्वर भक्तपुरको डोलेश्वर महादेव मन्दिर वरिपरि पनि १० लाखभन्दा कम मूल्यमा जग्गा भेटिन्छन् ।

मुलडोल (चापागाउँ) : ललितपुर चापागाउँ बसपार्कबाट ५०० मिटरदेखि १ किलोमिटरसम्मको दुरीमा रहेका क्षेत्रमा पनि आनाको १० लाखमुनिका जग्गा पाइन्छन् ।

बडीखेल : ललितपुर बडीखेल आसपासमा आनाको ८ देखि १० लाखसम्ममा जग्गा पाइन्छ ।

सम्बन्धित खबरहरु