काठमाडौं । फ्रान्स र मुस्लिम देशहरु बीचको लडाँई झन बढ्दैछ । यो बीचमा टर्की सरकारले फ्रान्सेली उत्पादनहरु खरिद नगर्न जनतासँग अपील गरेको छ । टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनले मुस्लिमलाई फ्रान्सले देख्न नसकेको भन्दै फ्रान्सले उत्पादन गरेका सामान नकिन्न भनेका हुन् ।

 

 

टेलिभिजन सम्बोधनमा राष्ट्रपति एर्दोआनले यदि फ्रान्समा मुसलमानमाथि सहन नसक्ने व्यवहार हुन्छ भने विश्वका नेता मुसलमानको सुरक्षाका लागि अघि आउनुपर्छ भन्दै बयान दिएका हुन् । फ्रान्सेली राष्ट्रपति इमानुअल म्याक्रोले इस्लामको विरोधमा धर्मनिरपेक्षताको सुरक्षा गर्ने बताएका छन् ।

 

म्याक्रोको यो अभिव्यक्तिको टर्कीका राष्ट्रपति एर्दोआनले निन्दा गर्दै म्याक्रोलाई मानसिक रुपमा ठिक नभएको मान्छे भनेका थिए । उनले म्याक्रोलाई अर्धपागल भनेर सम्बोधन गरेपछि विश्वका धेरै देशहरुले निन्दा पनि गरेका छन् । फ्रान्सको एक कक्षामा पैगम्बर मोहम्मदको कार्टुन देखाउने एक शिक्षकको मृत्यु गराएपछि इस्लामलाई लिएर विवाद उत्पन्न भएको हो ।

 

 

१६ अक्टुबरमा स्यामुअल पेटी नामका ती शिक्षकको १८ वर्षीय अब्दुल्लाह अन्जोरोफले मृत्यु गराइएको थियो । त्यसपछि प्रहरीले चलाएको कारबाहीमा ति मुस्लिम युवकको पनि मृत्यु भैसकेको छ । पाकिस्तानले पनि उक्त घटनाको निन्दा गर्दै फ्रान्समा रहेका आफ्ना राजदुत फिर्ता बोलाउने जनाएको छ । खाडीसहित विश्वभर फ्रान्सलाई तह लगाउन फ्रान्सेली उत्पादन बहिष्कार गर्नुपर्ने आवाज जोडतोडका साथ उठेको छ ।

 

 

सम्बन्धित खबरहरु