काठमाडौं । चर्चित नायिका नायिका प्रियंका कार्की समय समयमा चर्चामा आउँने गर्छिन् । उनी आफ्नो फेशनका लागि पनि चर्चामा रहने गरेकी छिन् । उनी गतबर्षको फागुण १६ गते बैबाहिक जीवनमा बाधिएकी थिइन् । उनका लागि यो बर्षको दशैं बिशेष रह्यो ।

उसो त, नायिका कार्कीले नायक आयुष्मान देशराज जोशीसँग प्रेम सम्बन्धमा रहेपछि नै आयुष्मानकी आमा रविना देशराज जोशीसँग टिका नलाएकी होइनन् । तर, यसपटक रविनासँग आयुष्मान, प्रियंका र नायक आशिरमान देशराज जोशीले एकसाथ टिका थाप्ने अवसर पाएका छन् ।

यस्तै, आयुष्मान पहिलो ज्वाइको रुपमा प्रियंकाको माइतीघरमा टिका थाप्न पुगे । बैबाहिक जीवनमा बाधिएपछि भैसेपाटीमा बस्दै आएका आयुष्मान र प्रियंकाको टिका थाप्ने दौडधुप गज्जबको देखिएको थियो । सासुसँग मस्त देखिएकी प्रियंका कार्कीका केही तस्विर अहिले सामाजिक सञ्जालमा चर्चामा रहेका छन् ।

सम्बन्धित खबरहरु