सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका–६ पिपलडाँडा बस्ने ४८ वर्षीय राजकुमार बुढाथोकीको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ । आफ्नै घर अगाडि रहेको आफ्नै फर्निचर पसलमा करेन्ट लाग्दा उनको मृत्यु भएको बताइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

यता काठमाडौको कागेश्‍वरी मनोहरा नगरपालिका–६ मुलपानी सृजना टोल बस्ने ४८ वर्षीया रूपा रायमाझीको घरबाट नगद तथा सुनका बिभिन्न गरगहना समेत गरी करिब २ लाख ९० हजार रुपैयँ बराबरको धनमाल सोमबार चोरी भएको छ ।

 

यसैगरी काठमाडौं महानगरपालिका–१० पुरानो बानेश्वरस्थित काठमाडौं बालुवाटार घर भएका ३० वर्षीय सृष्टी ब्रजाचार्यको तरङगिनी फाउन्डेसन नामक संस्थाबाट २ थान ल्यापटप र अडियो रेकर्डर सोमबार चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

Death due to electric shock 5

सम्बन्धित खबरहरु