काठमाडौं । उदयपुरमा सबै हैरान हुने एक घटना बाहिर आएको छ । झारफुक गरी रोग निको पारिदने भन्दै गलत काम गरेको आरोपमा मंगलबार गाईघाटबाट दुई जनालाई समातिएका छन् । त्यहाँ आफूलाई धामी बताउने स्थानीय ३९ वर्षीय अर्जुन भन्ने चुडामणि श्रेष्ठ र आफूलाई माता बताउने ४५ वर्षीया जुना राई पक्राउ परेका हुन् ।

प्रहरी उपरीक्षक भीमबहादुर दाहालले यसको पुष्टि गर्नुभयो । २ जना बिरामी महिलासँग एक लाख रुपैयाँ नगद र सुनको औँठी ठगेको र झारफुक गर्ने भन्दै सबै कपडा खोल्न लगाएर गलत काम गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ती महिलालाई जुना राईकै घरको कोठामा राखी ईश्वर र भूत लागेकोलाई उपचार गर्ने र माता उत्तार्ने भन्दै १ लाख रुपैयाँ र सुनको औंठी चाहिने भन्दै ठगी गरेको खुलेको छ ।

प्रहरी उपरीक्षक दाहालले शिवजीको रुपमा उपचार गर्न सबै कपडा खोल्नुपर्ने भन्दै गलत काम गर्ने गरिएको जानकारी दिनुभयो । पक्राउ गरेका दुवैलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखेको छ । पक्राउ परेका श्रेष्ठ र राईका बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।

सम्बन्धित खबरहरु