काठमाडौ । कोरोना रिपोर्ट नेगेटिभ आएपछि केहीदिन अघि मात्र वीर अस्पतालको आईसियु बाट डिस्चार्ज भएका नेपाल स्वास्थ्यकर्मी युनियनका केन्द्रीय उपाध्यक्ष कालु सिंहको मंगलबार विहान निधन भएको छ । उनी वीर अस्पतालमा सिनिएर अहेबको रुपमा कार्यरत थिए ।

मंगलबार बिहान ५ बजे उनलाई स्वासप्रश्वासमा समस्या भएपछि उपचारको लागि वीर अस्पताल ल्याइएको थियो । अस्पताल ल्याएको एक घण्टामा सिंहको मृत्यु भएको थियो । कोरोना संक्रमणबाट गम्भीर अवस्थामा पुगेपछि भेन्टिलेटरमा उपचार गरिएको थियो ।

सम्बन्धित खबरहरु