दोहा । संयुक्त अरव ईमिरेट्स (युएई) मा एक नेपालीले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । ३० वर्षीया अलिसा सुवालले तिम्ल्याहा बच्चा जन्माएकी हुन् । लामो समय आईसीयूमा बसेका आमासहित सबै बच्चाहरु स्वस्थ रहेकाले अस्पतालबाट घर फर्किइसकेका छन् ।

 

‘अप्रिलमा कोभिड १९ को कडाइ उच्च थियो । यतिबेला तीन महिनामा स्क्यान गर्दा जब डाक्टरले चाडैं तिम्ल्याहा सन्तान जन्मन्छन् भने तब म कति भयभीत थिए होला, कल्पना गर्नुस्,’ सुवालले भनिन् ।

 

यूएईको मेडिअर अस्पताल अन्तर्गत अब्स्टेट्रिक्स र गाइनेकोलोजी विभागका प्रमुख डाक्टर वालिद इल सेर्बिनीका अनुसार सामान्यत ६ हजार ४ सय जना गर्भवतीमध्ये एक जनामा मात्रै तिम्ल्याहा सन्तान हुने गरेका छन् ।

 

उनी अबुधाबीमा रिसेप्सनिस्टको काम गर्छिन् भने उनको श्रीमान विवेक श्रेष्ठ यूएईको सेक्युरेटी कम्पनीमा सुपरभाइजरको रुपमा काम गर्छन । यी तीन छोरीहरुको नाम भियाना, अभिलाषा र अरियाना राखिएको छ । gulfNews

 

 

सम्बन्धित खबरहरु