काठमाडौ । एक नेपाली प्रवासी श्रमिकले कुवेतमा जीवनलीला समाप्त पारेका छन् । मृतकको पहचान भए अनुसार पाँचथर जिल्लाका गोकुल प्रसाद तमाङ्ग रहेका छन् । ३५ बर्षीय तमाङ्गले आफ्नै कोठामा जीवनलीला समाप्त परेको गल्फ न्यूजले लेखेको छ ।

 

कुवेतको आन्तरिक मन्त्रालयबाट प्राप्त जानकारी अनुसार उनी कु्वेतको मंगत क्षेत्रमा रहेको एक मजदुर अपार्टमेण्टमा बस्दथे । एक व्यक्ति मृत फेला परेको भन्ने सूचना पाउँनासाथ स्थानीय सुरक्षाकर्मीको टोली त्यहाँ पुगेको थियो ।

 

 

त्यसपछि उनको लाश स्थानीय अस्पतालमा परीक्षणका लागि पठाइएको छ । उनी मांगफ क्षेत्रमा रहेको एक बर्गर कम्पनीमा कार्यरत थिए । उनको मृत्युको कारण भने खुलेको छैन । परीक्षण रिपोर्ट नआएसम्म यसै भन्न नसकिने कुबेतस्थित नेपाली दूतावासले जनाएको छ । मृतक तामाङ्गका पत्नी र दुई छोरा एक छोरी छन् ।

 

 

सम्बन्धित खबरहरु