दुबई । यूएईमा स्मरण शक्ति (मेमोरी) गुमाएकी नेपाली आमाको परिवार पत्ता लगाउँन नेपाल र यूएईमा देशव्यापी हण्ट प्रकाशन गरिएको छ । उनलाई मात्र यम कुमारी थापाका रूपमा पहचान गरिएको छ । उनी नेपाली हुन् भन्ने मात्र थाहा छ । तर अरु कुनै विवरण खुल्न आएको छैन ।

 

 

अत्यन्तै ठूलो दुर्घटनापछि उनको टाउँकोमा ठूलो चोट लागेको थियो । उनका साथमा केही कागजातहरुपनि थिएनन् । यम कुमारी थापा भनेर नाम बताउँन सक्छिन् ।

 

 

ठाउँकोमा ठूलो चोट लागेका कारण उनीसँग सबै मेमोरी छैन । उनी आफ्नो घर परिवार, रोजगारीका बारे केही बताउँन सक्दिनन् । यो खबर गल्फ न्यूजमा आएपछि यूएईका सामाजिक कार्यकर्ता लैला अबू बेकरले अस्पतालमा सम्पर्क गरे । उनले अस्पतालबाट थप जानकारी लिए ।

 

उनै बेकरका अनुसार अहिले उनी आमा अबू धाबीमा रहेको नेपाली दूतावासको सम्पर्कमा छिन् । त्यहाँ उनलाई नेपालको परिवार खोज्ने काम भइरहेको छ । जसका लागि उनको फोटो प्रकाशन गरिएको छ ।

 

[caption id="" align="alignnone" width="750"] Yam Kumari Thapa has had a memory loss, hunt on to find her family, friends in UAE Image Credit: Gulf News Archive[/caption]

 

गल्फ न्यूज ने १७ फेबरवरीमा नै नेपाली महिलाको अवस्थाका बारेमा लेखेर उनको परीवारको खोजीका लागि राष्ट्रव्यापी प्रकाशन गरेको थियो ।

 

प्राप्त जानकारी अनुसार सन् २०१९ अक्टोबरमा थापालाई दुबईको अस्पतालमा एक एम्बुलेन्सले लिएर पुगेको थियो । त्यहाँ उनी अचेत थिइन् । दुबईमा बस्ने उनी ४६ वर्षीय नेपाली प्रवासी महिला कामदार हुन् भन्ने मात्र पहिचान टिपाइएको थियो ।

 

[caption id="" align="alignnone" width="800"] Yam Kumari Thapa (left) has lost her memory. She is pictured here with social worker Laila Abu Baker. Image Credit: Gulf News Archive[/caption]

 

त्यसपछि बिरामीको जिम्मेवार व्यक्ति भनेर कोही आएन । अस्पतालले वेवारिसे शीर्षकमा सरकारको रकमबाट उपचार गरायो । त्यहाँ अस्पतालले महिलाको ब्रेन सर्जरी गरेको थियो ।

 

चिकित्सा रिपोर्ट अनुसार जसको एक प्रति गल्फ न्यूजमापनि छ भनिएको छ । त्यहाँ प्राप्त रिपोर्टमा सीटी स्क्यानमा उनको टाउको इन्ट्रासेरेब्रल हेमेटोमा तथा इन्ट्रावेण्ट्रिकुलरमा रक्तस्राव विस्तार भएको थियो ।

 

उनमा मस्तिष्क स्टेमपनि देखिएको थियो । रिपोर्टमा उल्लेख भएअनुसार उनको त्यहाँ टाउकोको अप्रेशन गरिएको छ । अहिले उनमा स्मरण शक्ति गुमेको छ । चिकित्सकको जानकारी अनुसार बिस्तारै स्मरण खुल्नेछ ।

 

तर उनको परिवारको साथ सम्पर्क गराउँनका लागि केही जानकारी छैन । यसैले दुवै देशमा चिन्नेसम्म पुर्याउँन फोटो प्रकाशन गरिएको छ । उनको परिवारसम्म यो पोष्ट पुर्याउँनका लागि सक्दो सेयर गरिदिनुहोला ।

 

 

 

सम्बन्धित खबरहरु