काठमाडौ । नेपाल–भारत सिमानामा मंगलबार बाघका कारण दुई जनाको मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिका–३ धनौराका अन्दाजी २८ वर्षका दिनेश चौधरी बिहान ७ बजे च्याउ टिप्न जाने बेलामा बीचमा देखा परेको बाघको सम्पर्कमा आएका थिए ।

 

 

सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर राउतका अनुसार दिनेश दिउँसो अबेरसम्म घर नफर्केपछि घर परिवारले खोजी गर्न आफन्तीलाई जंगल पठाएका थिए । खोजी गर्ने क्रममा बाघले झम्टिदा स्थानीय रमेश थारुको पनि मृत्यु भएको खुल्न आएको हो ।

 

उनीसँग गएका अन्य स्थानीयले भागेर ज्यान बचाएका छन् । त्यसपछि सशस्त्रको बीओपीबाट खटिएको टोली र स्थानीयले खोजी गर्दा १०–१० मिटर दूरीमा दुवै जनाको लाश भेटिएको थियो । यस क्षेत्रमा चार महिनायता बाघका कारण ५ जनाको मृत्यु भैसकेको छ ।

 

 

सम्बन्धित खबरहरु