काठमाडौं । नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यमा निर्वाचन सुरु भएको छ । बिहार विधानसभा चुनावको लागि पहिलो चरणमा मतदान जारी रहेको छ । यसै बीच, बिहान बिहारको औरङ्गाबादको दिब्रा क्षेत्रबाट दुई शक्तिशाली आईडी (ब'म) बरामद गरिएको छ ।

 

यद्यपि यी आईडीहरू केन्द्रीय रिजर्भ पुलिस बल (सीआरपीएफ) द्वारा निष्कृय गरिएको छ । यसकारण यसबाट कुनै पनि खालको मानविय क्षति हुन नपाएको बताइएको छ । तर यो दृष्य बाहिर आएपछि त्यहाँका मतदातामा त्रास भरिएको स्थानीय मिडियाले बताइरहेका छन् ।

 

https://twitter.com/AHindinews/status/1321271831689449472?fbclid=IwAR2GvbWgVtb22iiOorgUO2MR35MIwUg3bXyiVv-LSKtYOz9KMBemvwjuwNU

सम्बन्धित खबरहरु