काठमाडौ । वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उहाँले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको बताउनुभयो । उहाँ प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशँैमा झापाको मेचीनगरस्थित घर आउनुभएको थियो ।

 

विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । हाल घरमै आइसोलेसनमा रहनुभएका उहाँका छोरा राजेशलाई पनि कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ ।

सम्बन्धित खबरहरु