काठमाडौं । विवादित अभिनेत्री एवं नेतृ पायल घोषमाथि थप संकट आउँन सक्ने देखिएको छ । एक महिनाअघि चलचित्र निर्देशक एवं निर्माता अनुराग कश्यपमाथि तथानाम आरोप लगाएकी उनका लागि अब थप संकट उत्पन्न हुने देखिएको छ ।

कश्यप अब यस मुद्दामा आरपारको लडाइँको तयारीमा छन् । एक महिनासम्म प्रमाण जुटाउन लागी परेका कश्यप अब कानुनी कारवाहीका लागि अदालत जाने तयारी गरिरहेको दैनिक भास्करले जानकारी दिएको छ ।

स्रोतका अनुसार कश्यपलाई आफ्नोभन्दा पनि परिवारको चिन्ता रहेको छ । यो आरोपले उनको परिवारलाई ठेस पुगेको छ । कश्यपका अनुसार यो उनको प्रतिष्ठाको पनि प्रश्न हो ।

यो आरोपले ती सबै कुराबारे प्रश्न उठाएको छ जसका लागि आफू पुरा जीवन उभिएको उनको भनाइ रहेको छ । कश्यपले एक झुठका कारण आफ्नो प्रतिष्ठा बर्बाद हुन नदिने स्पष्ट पारेका छन् । आफूले न्याय नपाएसम्म लड्ने उनले बताएका छन् ।

कश्यपका नजिकका साथिहरुका अनुसार उनले आफू निर्दोष भएको प्रमाण जुटाएका छन् । यस्तोमा अब पायलसँग उनीविरुद्ध लगाएको आरोपबारे कस्तो प्रमाण छ भन्ने प्रश्न उठेको छ । पायलले यस प्रकरणमा ऋचा चड्ढाको नाम पनि लिएकी थिइन् ।

तर, पछि ऋचाले मानहानीको मुद्दा हालेपछि उनले माफी माग्न परेको थियो । हाल पायल केन्द्रीय मन्त्री रामदास आठवलेको पार्टी आरपीआईसँग आबद्ध भएकी छन् । उनलाई पार्टीमा महिला विभागको अध्यक्ष बनाइएको छ ।

सम्बन्धित खबरहरु