काठमाडौं । ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन गरेर कारवाहीबाट जोगिन घुस दिने आधा दर्जन भन्दा धेरैलाई नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरीलाई घुस दिने आठजना पक्राउ परेका हुन् ।

 

दशैँ विदाको अवधिमा सवारी नियम उल्लङ्घन गर्नेलाई कारवाहीका क्रममा ट्राफिक प्रहरीलाई घुस दिन खोज्‍ने ८ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा रामप्रसाद चौधरी, दीपक बहादुर कुमाल, अभिनन्दन काफ्ले, विक्रम तामाङ, प्रेमबहादुर तामाङ, खडक बहादुर सुनुवार, अभिक आचार्य र अविन शाही रहेका छन्।

 

 

उनीहरूले ट्राफिक चेकजाँच क्रममा सवारी नियम उल्लङ्घन गरेपछि ट्राफिक प्रहरीलाई ५ सयदेखि ३ हजार रूपैयाँसम्म घुसको रुपमा दिन खोजेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

 

नेपाल प्रहरीले अख्तियार गरेको आर्थिक शुन्य सहनशीलतालाई अक्षरसः पालना गरी सवारी नियम उल्लङ्घन गर्नेले दिन खोजेको घुस इन्कार गर्ने ट्राफिक प्रहरीहरूलाई पनि तत्कालै सम्मानित गरिएको पनि महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

 

 

 

सम्बन्धित खबरहरु