काठमाडौं । भारतको बिहार विधानसभा चुनाव २०२० मा पहिलो दिन आज १६ जिल्लाका ७१ सीटमा मतदान भयो । ठूलो संख्यामा वृद्ध मतदाताहरू पनि मतदान गर्न लाइनमा उपस्थित भएका थिए । तर एक जना वृद्ध मतदान गरेर यो संसारबाट विदा भएका छन् ।

 

 

प्राप्त जानकारीका अनुसार लोकतन्त्रको यस चाडमा भाग लिन आएका ८५ वर्षीय वृद्ध मतदाता बालचन्द यादवले मतदान पछि अन्तिम सास लिएका हुन् । उनी गयाका बासिन्दा भएको खुल्न आएको छ । भनिन्छ कि बालचन्द यादव बोधगया विधानसभा क्षेत्रको मतदान केन्द्र १२ मा गएका थिए । उनी भोट हालेर घर फर्कदै गर्दा यो संसारबाट विदा भएका हुन् ।

 

 

मृतकका छोरा सुखदेव प्रसाद यादवले मतदान केन्द्र र मतदान केन्द्रबाट घर फर्केपछि दिउँसो एक घण्टामै बुबाको मृत्यु भएको जानकारी दिएका छन् । उनले प्रशासनलाई आरोप लगाए कि ८० बर्ष भन्दा माथि उमेरका मतदाताले पोष्ट बुलेट मार्फत घरमा मतदान गर्न पाउँछन् । तर कसैले यस प्रक्रिया बारे जानकारी दिएको थिएन् ।

 

 

त्यसैले वद्धलाई मतदान गर्न केन्द्रमा जानुपर्ने बाध्यता भयो र उनी घर पुग्ने बित्तिकै मृत्यु भयो । मतदान केन्द्रमा गरिएको व्यवस्थाप्रति परिवारका सदस्य असन्तुष्ट देखिएका छन् । प्रशासनमाथि लापरवाही गरेको आरोप लगाएका छन् ।

 

 

 

सम्बन्धित खबरहरु