सन्दीप कौशिक । हिन्दुहरुको महान पर्व दसैंतिहारको बीचमा सबैको आँशु आउने घटना बाहिर आएको छ । बुधवार बिहान भारत, चण्डीगढको पञ्चकुलामा माताको रुपमा पुज्ने गाई ठुलो संख्यामा मृत फेला परेका छन् । मानसा देवी गौशालामा करीव ७० गाईको मृत्यु भएको खुल्न आएको छ ।

अर्कोतिर करीव ३० गाई बिरामी परेका छन् । यो आशंका गरिएको छ कि गाईको आहारमा केही असरदार कुरा मिसाएको कारण यो सब घटना भएको हुनसक्छ । अहिले सम्पूर्ण घटनाको अनुसन्धानका लागि तीन सदस्यीय समिति गठन गरिएको छ ।

अर्कोतिर हरियाणा विधानसभाका अध्यक्ष ज्ञानचन्द्र गुप्ताले पनि घटनाको जानकारी पाएपछि घटनास्थलमा पुगेर सबै जानकारी लिएका छन् । गोठमा रहेको सीसीटीभी फुटेज पनि अनुसन्धान भइरहेको छ । घटनाको सूचना पाएपछि पशु चिकित्सकहरूको टोली पनि घटनास्थलमा पुगेको छ ।

डाक्टर अनिलले भने कि प्राथमिक अनुसन्धानमा उक्त प्रकरण खाद्य असरदार बस्तुको भएको बताएका छन् । यद्यपि अनुसन्धान पछि सत्य कारण स्पष्ट हुनेछ । विधानसभाका सभामुख ज्ञानचन्द गुप्तासहित डीसी र प्रहरी अधिकारीहरू पनि घटनास्थल पुगेका छन् । सभामुखले यस सम्बन्धमा छानबिन समिति गठन गर्न भनेका छन् ।

प्रहरीले गौशालामा रहेको सीसीटीभी क्यामेराको फुटेज पनि अनुसन्धान गरिरहेको छ । ज्ञान चन्द गुप्ताले सञ्चारमाध्यमलाई भने, ‘ अहिलेसम्म करिब ७० गाईको मृत्यु भएको छ । बाँकी अनुसन्धान भइरहेको छ ।’ यस अनुसन्धान समितिमा पशुपालन, सीईओ, एसीपी र मानव संसाधन विकास उप निर्देशक पनि रहेका छन् ।

सबै मृतक गाईहरुको परीक्षण भैरहेको छ र लाश परीक्षण रिपोर्ट पनि अनुसन्धानका लागि हिसार पठाइनेछ । सीसीटीभी फुटेजमा जाँच भइरहेको छ कि एक दिन अघि गौशालामा आएका व्यक्तिहरू र उनीहरूले गाईलाई खान के दिएका थिए भनेर अनुसन्धान सुरु गर्न लागिएको छ ।

बजरङ्ग दल कार्यकर्ताहरू पनि घटनास्थल पुगेका छन् । बजरङ्ग दलका पञ्चकुला जिल्ला अध्यक्ष गर्वेश राणाले नगरपालिकाको टोलीले सडकबाट गाई गोठमा ल्याएर गौशालामा यो सब घटना गराएको आरोप लगाएका छन् ।

सम्बन्धित खबरहरु